Categories: राशिफल

आजको राशिफल तथा पञ्चाङ्ग

आज मिति २०७७ साल चैत्र २१ गते शनिवार तदनुसार ३ अप्रील २०२१, प्रमाधि नाम संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण षष्ठी, धनराशिका चन्द्रमा, मुल नक्षत्र, वरियान योग। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ, आज यात्राका लागि बिहान ७ बजेर २५ देखि ८ बजेर ५९ मिनेट शुभ रहेको छ। आउनुहोस शनिदेवको स्मरण सँगै आजको दिनको शुभारम्भ गरौ।
ज्यो. जयराम सापकोटा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
मनमा डर–चिन्ता, स्वास्थ्य प्रतिकूल,विरोधीहरु बढ्ने छन्,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ,यात्रामा बाधा अवरोध आउनेछ,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आम्दानीमा सुधार आउनेछ,काममा सफलता हात लाग्नेछ,कामको जिम्मेवारी थपिनेछ ,आगलागि हुने सम्भावना देखिन्छ त्यसैले आगोबाट बच्नुहोला, लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
काममा सफलता मिल्नेछ, शत्रुले दुःख दिने, शरीरमा आलश्यता आउने, ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,खानपिनमा ध्यान दिनुहोला,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–
अन्त्यमा समय प्रतिकूल रहनेछ, काममा अपजस प्राप्त हुनेछ,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,शिक्षामा सफलता मिल्ने योग छ,आम्दानी हुने,आजको शुभ अंक ६ रहेको छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
धोका पाइने सम्भावना छ,समय परिवर्तन हुनेछ,विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ भने बालबालिका सन्तानमा सानो समस्या आउनसक्छ त्यसैले राम्रो केयर गर्नुहोला,आजको शुभ अंक १० रहेको छ।

बृश्चिक-(तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
परिवारमा पितासँगको सम्बन्ध खासै राम्रो देखिदैन,अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ,उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ,विरोधीहरु बढ्ने छन्,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ, नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
दाजुभाई सँगको सम्बन्ध त्यति राम्रो देखिदैन,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
धनसम्पति, ज्ञान आर्जन हुने देखिन्छ,आजको दिन पार्टनरसिप सँगको कार्यमा त्यति राम्रो देखिदैन,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ।                             मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आँटेका काम तत्काल बन्नुका साथै थप काम गर्ने जाँगर बढ्नेछ,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।
शनिमहामन्त्र
ॐसन्नो देवीविस्टय आपो भवन्तु
न पितयो संयोरवि सर्वतुन:

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago