चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना टोलीमाथि ध्रुवे हात्तीको आक्रमण, चार जना घाइते

चितवन,चैत २० । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि खटिएका गणकमाथि जंगली हात्तीले आक्रमण गरेको छ ।

फाइल फोटो

चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा गणना गरेर फर्किने क्रममा नवलपुरको मध्यविन्दु नगरपालिका–२ गैंडाखालमा हात्तीले आक्रमण गर्दा चारजना घाइते भएको नवलपुरका एसपी प्रकाश मल्लले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘निकुञ्जमा गैंडा गणना गरेर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनीहरु घाइते भएका रहेछन् ।’ घाइते मध्ये गैंडा गणनामा खटिएका ३५ वर्षका विनोद श्रेष्ठको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि काठमाडौं पठाइएको एसपी मल्लले बताए।

घाइते मध्ये एकजनाको जिल्ला अस्पताल मध्यविन्दुमा उपचार भइरहेको र अन्य दुई जना भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको उनले बताए ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैंडा गणनामा खटिएको टोलीमाथि ध्रुवे हात्तीले आक्रमण गर्दा गणनामा खटिएका कर्मचारी घाइते भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘गैंडा गणनाका लागि त्यस क्षेत्रमा ३० वटा हात्तीमा गैंडा गणना टोली खटिएको थियो ।

गैंडा गणना गरेर फर्कने क्रममा ध्रुवे नाम गरेको हात्तीले गणनामा प्रयोग भएका हात्तीमाथि आक्रमण गरेपछि हात्तीबाट खसेर गणनामा खटिएका कर्मचारीहरु घाइते भएका हुन् ।’गैंडा गणनामा प्रयोग भएका हात्तीमाथि ध्रुवेले आक्रमण गरेपछि निकुञ्ज प्रशासनको तीन वटा हात्ती हराइरहेको उनले बताए ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago