पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले समुदादायस्तरमा काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरेकाे छ । गाउँपालिकाले एक सय २ जनाको स्वाब संकलन गरेको छ ।
गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको हो ।
जिल्लामा संक्रमण समुदायस्तरमै पुगिसकेकाले परीक्षणको दायरालाई फराकिलो बनाउका लागि परीक्षणलाई तिव्रता दिइएको गाउँपालिकाका अध्यक्ष अाेम बहादुर घर्ती मगरले बताए । उनले परीक्षणले समुदायको काेराेना फैलिएकाे वा नफैलिएकाे भन्ने जानकारीकाे लागि नमूना परीक्षण कार्यक्रम अघि सारेको जानकारी दिए ।
गाउँपालिकाले वडा न १का १० जना,वडा न २ का ८८ जना र वडा न ३ का ४ जना गरि जम्मा १ सय २ जना व्यक्तिहरुको पिसिआर परीक्षणकाे लागि स्वाब संकलन गरिएकाे गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…