कमेडी च्याम्पियन सिजन–२ काे आज बाट डिजिटल अडिसन सुरु ।

काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–२ सुरु भएको छ । आजबाट डिजिटल अडिसन ओपन भएसँगै सिजन–२ सुरु भएको हो ।

आजबाट सुरु भएको डिजिटल अडिसन असोज १४ गतेसम्म जारी रहने छ । अडिसनका लागि कमेडी च्याम्पियनको एपका गएर बढीमा चार मिनेट ५९ सकेन्डको भिडियो अपलोड गर्नु पर्ने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । 

१४ गतेसम्म प्राप्त अडिसनबाट कम्तिमा १२० जनालाई फिजिकल अडिसनका लागि छनोट गरिने छ । यद्यपि प्रतिस्पर्धीको कन्टेन्ट र प्रतिस्पर्धीका आधारका यो संख्यामा केही तलमाथि हुने निर्देशक भण्डारी बताउँछन् । 

१२० बाट २४ जना छनोट हुने र सोही समयबाट टेलिभिजनमा कार्यक्रम प्रशारण हुने छ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने छ । कार्यक्रम कात्तिकको दोस्रो हप्ताबाट प्रशारण गर्ने तयारी रहेको निर्देशक भण्डारीले जानकारी दिए । 

गत वर्ष डिजिटल अडिसनमा २ हजार २०० प्रतिस्पर्धी सहभागी भएकोमा यो वर्ष संख्या बढ्ने अपेक्षा आयोजको छ । 

“हासौं र हसाऔं भन्ने उद्देश्यले कोरोनाको त्रासकाबीच कार्यक्रम सुरु गरेका छौं । यो वर्ष विगतको भन्दा धेरै सहभागिता हुने अपेक्षा गरेका छौं,” निर्देशक भण्डारी भन्छन् । 

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो सिजनमा पनि निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुनेछन् ।

यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ । सेट परिमार्जित र भब्य हुने भन्दै निर्देशक भण्डारी भन्छन्, “गत वर्षकोभन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ भने कन्टेन्टमा पहिलो सिजनभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको छ ।” 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago