राजावादीको निसाना : राष्ट्रपति, संघीयता र संविधान

काठमाडौं  राजतन्त्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमै सोमबार बृहत प्रदर्शन भएको राजसंस्था पुनर्स्थापनाको माग गर्दैउनीहरुले जुलुस निकालेका हुन् उनीहरुले लगाएको नारा बोकेको प्लेकार्डमा मुख्यगरीगणतन्त्र संघीयताखारेजीको मागगरिएको थियो   ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो ’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र धोका होलगायतका नारा लगाएकाथिए  

फोटो फाईल

जुलुसमा सहभागी केहीले केपी ओलीविरुद्ध पनि नारा लगाएका थिए माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेरकोणसभामा परिणत भएको थियो   जुलुसमा सहभागी केहीले पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको तस्विबरअंकित टिसर्ट पनि लगाएका थिए

काठमाडौं, भक्तपुर ललितपुरबाट जुलुसमा सहभागी हुन राजसंस्था समर्थकहरु आइपुगेका थिए  

कार्यक्रम आयोजकले सामाजिक दूरी कायम गर्न मास्कको प्रयोग गर्न पटकपटक सचेत गराए पनि उनीहरुले त्यसलाई बेवास्ता गरेकाथिए  

कसले निकाल्यो जुलुस

राजसंस्था पुनर्स्थापनाको माग गर्दै देशका मुख्यमुख्य सहरहरुमा प्रदर्शन भइरहेको   सोही क्रममा काठमाडौंमा पनि उनीहरुले जुलुसनिकालेका हुन्   राष्ट्रिय शक्ति नेपालले सोमबार काठमाडौंमा राजसंस्थाको पक्षमा जुलुस निकालेको हो राष्ट्रिय शक्ति नेपालकोअध्यक्ष पूर्वपञ्चका रुपमा चिनिने पूर्वमन्त्री केशरबहादुर बिष्ट छन्  

उनी राजा ज्ञानेन्द्र शाहसँग निकट सम्बन्ध भएका व्यक्ति हुन्  

बिष्ट नेतृत्वको राष्ट्रिय शक्तिले संयोजन गरेको जुलुसमा अहिले देशभर भइरहेको राजावादीहरुको प्रदर्शनमा सक्रिय राष्ट्रिय सरोकारमञ्च गुरु गोरखनाथका भक्तहरुको समाज पनि सहभागी थियो   बिष्टले नै आफुहरुको जुलुसमा उनीहरुको समेत सहभागिता रहेकोजानकारी गराएका थिए  

जुलुसमा सुहभागी हुनेहरु अधिकांस राष्ट्रिय प्रजातन्त्र पार्टी निकटहरु छन्  

त्यस्तै, नेपाली सेनाका पूर्वसहायक रथी नेतृत्वका पूर्वसेना, प्रहरीको समूह पनि जुलुसमा सहभागी थिए जुलुसमा बिष्टसहित तत्कालीनराजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि मन्त्री बनाएका श्रीषशमशेर राणा, दीपक ज्ञवाली कांग्रेस विपिन कोइराला पनिसहभागी थिए   बिष्टले छोटो तयारीमा सोमबार जुलुस निकालेको बताउँदै आउँदो २० गते अझ बृहत प्रदर्शन हुने जानकारी दिए  

निसानामा परिवर्तनका मुद्दा

राजसंस्थाका समर्थकहरुको निसानामा ०७२ असोज गते जारी संविधान रहेको पाइएको प्रदर्शनपछि आयोजित सभालाईसम्बोधन गर्ने सबैजसो वक्ताले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता राष्ट्रपतिको खुलेर विरोध गरे   राष्ट्रिय शक्तिका अध्यक्ष बिष्टलेराजाले जस्तो राष्ट्रपतिले नेपालजस्तो धेरै संस्कृति मूल्यमान्यता भएको देशलाई फूलको मालामा उनेजस्तो गाँस्न नसक्ने भन्दैराजसंस्था पुनस्र्थापना अनिवार्य रहेको बताए  

उनले राष्ट्रपतिको भूमिकाको तटस्थता राष्ट्रिय एकताको प्रतीकका रुपमा हुनैनसक्ने भन्दै विरोध गरे    अर्का वक्ता कोइरालालेआफूहरुको मूल एजेन्डा ०७२ को संविधान खारेज गरी ०४७ सालको संविधान ब्यूँताउनु भएको बताए उनले पनि नेपालमा यसअघिकाराष्ट्रपति डा. रामवरण यादवमा पनि दलीय रुझान देखिएको बताए  

उनले विद्यादेवी भण्डारी पूरै प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेको भन्दै दलको पनि हुन नसकेको टिप्पणी गरे  

संविधानको दायराभित्रको राजा नेपालमा चाहिएको उनको धारणा थियो    राजाका शासनकालका मन्त्रीसमेत रहेका ज्ञवालीले पनिसंघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आयातीत एजेण्डा रहेको भन्दै  खारेज गर्नुपर्ने बताए   ०४७ सालको संविधान फर्काएर राजालाईरेफ्रीको भूमिकामा ल्याउनुपर्ने उनको भनाइ थियो (१२खरीबाट साभार)

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago