काठमाडौ। नेपील प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिसभएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
केही अघिमात्र मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।
बैठकपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रेषित गरेको पत्रमा प्रहरी नियमावली, २०७१, (संशोधन सहित) को नियम २७ कोउपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको उल्लेख छ ।
पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका छन् भने अबको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनीएआईजीमा बढुवा हुनेछन् ।
गृहले उनलाई बढुवा सिफारिस गरेसँगै उनी आगामी आईजीपी बन्ने पक्कापक्की जस्तै देखिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…