Categories: समाज

एउटै अस्पताल दुई पटक शिलान्यास !

बर्दिबास ।सात वर्षअघि महोत्तरीको गौशालामा सरकारी भवनको शिलान्यास भएको थियो तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रीराजेन्द्र महतोले तामझामका साथ भवन शिलान्यास गरेका थिए तर, अस्पताल भवन बन्नु परको कुरो भयो काम पनि सुरु भएन

सोमबार अस्पताल भवनको दोस्रो पटक शिलान्यास गरियो गौशला नगरपालिका मेयर शिवनाथ महतोले सुविधा सम्पन्न भवनको इट्टा, सिमेन्ट मसाला राखेर निर्माण कामको थालनी गरे

मन्त्रीज्यूले सातअघि अस्पताल भवनको शिलान्यास गरेर जानुभयो ।तर, भवन निर्माण गर्न मन्त्रालयले बजेट पठायो मन्त्रीले फर्केरआउनुभयो,’मेयर महतोले भने,’यसपाली अस्पताल पक्का बन्छ संघीय सरकारले १८  करोड बजेट बिनियोजन गरेको

पञ्चवर्षिय योजनाअन्र्तगत १५ शैयाको अस्पताल भवन निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले जनाए अस्पतालको अत्याधुनिक प्रविधियुक्त भवन बन्छ भवन निर्माण टेण्डर प्रक्रियाबाट हुनेछ

गौशाला क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नहुँदा गाउँलले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् ग्रामिण भेगमा पर्छ, गौशाला पाँचवटा स्थानीय तहको बिरामी आउने गौशालास्थित प्राथमिक स्वास्थ्य उपचारमा केन्द्र गर्भवतीलाई खासै सुविधा छैन।अप्रेशन गरेरबच्चा निकाल्नु परे जनकपुर, बर्दिबास जानुपर्छ, स्थानीय प्रकाश महराले भने, ‘पैसा हुनेलाई सजिलै ।गरिबलाई धेरै कठिन हुन्छ

स्वास्थ्य केन्द्रको अस्पतालमा स्तरउन्नती नहुँदा नागरिकले अकालमै ज्यान गुमाउन बाध्य रहेको उनले दुखेसो पोखे स्वास्थ्य केन्द्रकाप्रमुख डा. रवीन्द्र कुश्वाहाले अब अस्पताल बनेपछि पहिले भन्दा राम्रो सेवा नागरिकले पाउनेछन्।(अन्नपूर्णबाट साभार)

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago