नव नियुक्त कृषि सचिव डा.योगेन्द्र कुमार कार्कीद्धारा पदभार ग्रहण

काठमाडौं, १५ मङ्सिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा सिफारिस भएका डा. योगेन्द्र कुमार कार्कीले पदभार ग्रहण गरेका छन् । उनले आज (सोमबार) पदभार ग्रहण गरेका हुन्।
फाइल फोटो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पद लामो समय देखी रिक्त रहेकोमा डा. योगेन्द्र कुमार कार्कीको नाम लोकसेवा आयोगको कार्यसम्पदान मुल्याङकन समितिले यहि मंसिर ८ गते सिफारिस गरेको थियो । उनले आज कृषि तथा पशुपन्छी मन्त्रालयमा सह-सचिवहरु लगायतका कर्मचारीहरुको उपस्थितिमा पदभार ग्रहण गरेको हुन् ।

उनी सोही मन्त्रालयमा वरिष्ठ सहसचिवका रुपमा कार्यरत थिए । यसअघि डा. कार्की वागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा सेवारत थिए । यसअघि डा.कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वैदेशिक समन्वय, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको नेतृत्व गरेका थिए।

डा. कार्कीले कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनी दातृ निकायको अनुदानमा सञ्चालित आयोजनाहरूको डिजाईन र कार्यान्वयनका क्षेत्रका च्याम्पियन मानिन्छन् । उनले एसियाली विकास बैंक, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरुका निर्देशकका रुपमा पनि सेवा गरिसकेका छन् ।

डा. कार्की सुप्रवल जनसेवा श्री मानपदवी, सुप्रवल गोर्खा दक्षिणवाहु जस्ता प्रतिष्ठित राष्ट्रिय सम्मानबाट पनि विभूषित छन् । प्रतिष्ठित व्यवसायी तथा समाजसेवी खड्गबहादुर कार्की तथा श्रीमती मन माया कार्कीको माहिँला छोराको रूपमा जन्मेका डा. कार्की सगरमाथाको काखमा अवस्थित नेलेको रणसुर कार्की परिवारका सन्तान हुन् ।

डा.कार्कीले देशको प्रतिनिधत्व गर्दै विश्वका ७० भन्दा बढी देशहरूको भ्रमण गरी ती देशहरुमा आयोजित कार्यक्रमहरुमा नेपालका तर्फबाट कार्यपत्रहरु प्रस्तुत गरिसकेका छन् । श्रीमती रमलासँग विवाह गरेका कार्कीदम्पत्तीका एक छोरी सोनिया र दुई छोरा हिमाल र सागर छन् ।

डा. कार्कीका विभिन्न जर्नलहरुमा २ दर्जनभन्दा बढी अनुसन्धनात्मक लेखहरु प्रकाशित छन् । त्यस्तै उनले विभिन्न पदमा रही दर्जनभन्दा बढी अनुसन्धानहरु पनि गरेका छन् । उनले देशविदेशमा गरी १५ भन्दा बढी विषयमा तालिम पनि लिएका छन् । हाल उनी नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष हुन् । त्यस्तै उनी अन्तरराष्ट्रिय प्रसार शिक्षा समाजका उपाध्यक्ष पनि हुन् । उनले देशका विभिन्न संघसंस्थाको अध्यक्षता पनि गरिसकेका छन् ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago