तीन पटक प्रतिबन्ध लागेको निगमको हङकङ उडान शुरु, चार घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको हङकङ उडान आजबाट पुन: खुला भएको छ। नेपालमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका यात्रु हङकङ पुग्ने बित्तिकै परीक्षण गर्दा पोजिटिभ आएका कारण तीन पटकसम्म प्रतिबन्ध लागेको निगमको उडान आजदेखि पुन: खुला भएको हो।

फेटो फाईल

निगमको उडानमा हङकङले एक पटकमा १५ दिन उडानमा प्रतिबन्ध लगाइदिने गरेको थियो। हङकङले पछिल्लो पटक १० मंसिरसम्मलाई उडानमा प्रतिबन्ध लगाएपछि पुनः आजबाट उडान शुरु गरेको निगमले जानकारी दिएको छ। निजी प्रयोगशालाबाट भएको ७२ घण्टा भित्रको परीक्षण रिपोर्ट नेगेटिभ भएपनि विदेश पुग्ने बित्तिकै हुने परीक्षणमा भने पोजिटिभ आएर हैरान भएपछि निगमले अन्तर्राष्ट्रिय उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने गरी उडान गरिरहेको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए।

मिश्रका अनुसार काठमाडौंबाट हङकङ र नारिता जाने यात्रुमा पोजिटिभ रिपोर्ट आउदा सम्बन्धित देशले उडानमै प्रतिबन्ध लगाएकोले थप सचेतना अपनाउन पनि निगम बाध्य भएको हो। उडान पूर्व गर्ने तयारी र आवश्यक यात्रु जाँचमा समय कम भएकोले निमगले यी दुई गन्तव्यमा जाने यात्रुका लागि चार घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। निगमले उडान गर्ने अन्य देशले पनि सचेत गराइरहेकोले पोजिटिभ केश कम गर्न सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिएको निगमको भनाइ छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago