नव नियुक्त कृषि सचिव डा.योगेन्द्र कुमार कार्कीद्धारा पदभार ग्रहण

काठमाडौं, १५ मङ्सिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा सिफारिस भएका डा. योगेन्द्र कुमार कार्कीले पदभार ग्रहण गरेका छन् । उनले आज (सोमबार) पदभार ग्रहण गरेका हुन्।
फाइल फोटो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पद लामो समय देखी रिक्त रहेकोमा डा. योगेन्द्र कुमार कार्कीको नाम लोकसेवा आयोगको कार्यसम्पदान मुल्याङकन समितिले यहि मंसिर ८ गते सिफारिस गरेको थियो । उनले आज कृषि तथा पशुपन्छी मन्त्रालयमा सह-सचिवहरु लगायतका कर्मचारीहरुको उपस्थितिमा पदभार ग्रहण गरेको हुन् ।

उनी सोही मन्त्रालयमा वरिष्ठ सहसचिवका रुपमा कार्यरत थिए । यसअघि डा. कार्की वागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा सेवारत थिए । यसअघि डा.कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वैदेशिक समन्वय, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको नेतृत्व गरेका थिए।

डा. कार्कीले कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनी दातृ निकायको अनुदानमा सञ्चालित आयोजनाहरूको डिजाईन र कार्यान्वयनका क्षेत्रका च्याम्पियन मानिन्छन् । उनले एसियाली विकास बैंक, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरुका निर्देशकका रुपमा पनि सेवा गरिसकेका छन् ।

डा. कार्की सुप्रवल जनसेवा श्री मानपदवी, सुप्रवल गोर्खा दक्षिणवाहु जस्ता प्रतिष्ठित राष्ट्रिय सम्मानबाट पनि विभूषित छन् । प्रतिष्ठित व्यवसायी तथा समाजसेवी खड्गबहादुर कार्की तथा श्रीमती मन माया कार्कीको माहिँला छोराको रूपमा जन्मेका डा. कार्की सगरमाथाको काखमा अवस्थित नेलेको रणसुर कार्की परिवारका सन्तान हुन् ।

डा.कार्कीले देशको प्रतिनिधत्व गर्दै विश्वका ७० भन्दा बढी देशहरूको भ्रमण गरी ती देशहरुमा आयोजित कार्यक्रमहरुमा नेपालका तर्फबाट कार्यपत्रहरु प्रस्तुत गरिसकेका छन् । श्रीमती रमलासँग विवाह गरेका कार्कीदम्पत्तीका एक छोरी सोनिया र दुई छोरा हिमाल र सागर छन् ।

डा. कार्कीका विभिन्न जर्नलहरुमा २ दर्जनभन्दा बढी अनुसन्धनात्मक लेखहरु प्रकाशित छन् । त्यस्तै उनले विभिन्न पदमा रही दर्जनभन्दा बढी अनुसन्धानहरु पनि गरेका छन् । उनले देशविदेशमा गरी १५ भन्दा बढी विषयमा तालिम पनि लिएका छन् । हाल उनी नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष हुन् । त्यस्तै उनी अन्तरराष्ट्रिय प्रसार शिक्षा समाजका उपाध्यक्ष पनि हुन् । उनले देशका विभिन्न संघसंस्थाको अध्यक्षता पनि गरिसकेका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago