तीन पटक प्रतिबन्ध लागेको निगमको हङकङ उडान शुरु, चार घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको हङकङ उडान आजबाट पुन: खुला भएको छ। नेपालमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका यात्रु हङकङ पुग्ने बित्तिकै परीक्षण गर्दा पोजिटिभ आएका कारण तीन पटकसम्म प्रतिबन्ध लागेको निगमको उडान आजदेखि पुन: खुला भएको हो।

फेटो फाईल

निगमको उडानमा हङकङले एक पटकमा १५ दिन उडानमा प्रतिबन्ध लगाइदिने गरेको थियो। हङकङले पछिल्लो पटक १० मंसिरसम्मलाई उडानमा प्रतिबन्ध लगाएपछि पुनः आजबाट उडान शुरु गरेको निगमले जानकारी दिएको छ। निजी प्रयोगशालाबाट भएको ७२ घण्टा भित्रको परीक्षण रिपोर्ट नेगेटिभ भएपनि विदेश पुग्ने बित्तिकै हुने परीक्षणमा भने पोजिटिभ आएर हैरान भएपछि निगमले अन्तर्राष्ट्रिय उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने गरी उडान गरिरहेको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए।

मिश्रका अनुसार काठमाडौंबाट हङकङ र नारिता जाने यात्रुमा पोजिटिभ रिपोर्ट आउदा सम्बन्धित देशले उडानमै प्रतिबन्ध लगाएकोले थप सचेतना अपनाउन पनि निगम बाध्य भएको हो। उडान पूर्व गर्ने तयारी र आवश्यक यात्रु जाँचमा समय कम भएकोले निमगले यी दुई गन्तव्यमा जाने यात्रुका लागि चार घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। निगमले उडान गर्ने अन्य देशले पनि सचेत गराइरहेकोले पोजिटिभ केश कम गर्न सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिएको निगमको भनाइ छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago