पाल्पा । तानसेन नगरपालिकाको बर्तुङ्गमा रहेको क्वारेन्टाइनले समुदायमा त्रास बढेको छ । दैनिकरुपमा क्वारेन्टाइन आउने-जानेलाई पैदल हिडाएर ल्याउने लैजाने गर्दा त्रास बढेको हो । ब्यवस्थापन राम्रो नहुदा क्वारेन्टाइनमा बसेकाहरु नजिकै रहेको मन्दिरसम्म आउनेजाने गर्छन् ।
गाडीबाट झारेर स्थानीयका घरको पेटिमा राख्ने, बर्तुङ्ग चौराहाबाट पैदल हिड्दै क्वारेन्टाइन सम्म लैजादा स्थानीयका पानीको धारा खोल्ने, लगाएका माक्सहरु बाटोमा एत्रतत्र फाल्ने, घरको ढोकामा थुक्ने लगायतका ब्यवहार गर्नेगरेका छन ।
वडा नं. ६ को जनप्रिय मा.वि.मा ५० शैयाको क्वारेन्टाइन स्थापना गरिएको थियो । तर हाल क्षेमता भन्दा धेरै राखिएको छ । सुरुमा क्वारेन्टाइनको रुपमा स्थापना गरिएतापनी हाल होल्डिङ्ग क्वारेन्टाइनको रुपमा बिकास गरिएको छ । होल्डिङ्ग क्वारेन्टाइनले झन जोखिम बढेपछि स्थानीय आक्रोशित बनेका छन स्थानीयले होल्डिङ्ग क्वारेन्टाइन बन्दगरेर क्वारेन्टाइन मात्र संचालन गर्नुपर्ने माग गरेका छन ।
स्थानीय पुरुषोत्तम सिन्जाली भन्छन “बाटोमा हिड्न डर भयो केटाकेटी खेल्ने ठाउँ मन्दिरमा आउने जाने ठाउँमा संक्रमणको जोखिम बढ्यो।” उनी भन्छन ब्यवस्थापन गर्न नसके क्वारेन्टाइन हटाउन पर्छ । पछिल्लो समयमा भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेको छ । उनिहरुलाइ पिसिआर परिक्षण गरि रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्नुपर्ने हो यहाँ भने यस्तो हुन सकेको छैन । पिसिआर परिक्षणको लागि नमुना संकलन गरेका र नमुना लिन बाकी रहेका सबै एकैठाउमा बसेका छन । यसले गर्दा संक्रमणको जोखिम धेरै बढेको छ ।
तानसेन नगरपालिका क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक टुक भट्टराईले समस्याको समाधान गर्दै जाने बताउछन ।
कोरोना संक्रमण नियन्त्रणका लागी जिल्लामा लकडाउन भएपछी भारत लगाएत बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरूको सहि ब्यवस्थापन हुन सकेको छैन जसका कारण क्वारेन्टाइन वरपरका स्थानीयहरुमा संक्रमणको जोखिम बढेको छ । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन आवस्यक छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…