अझै नमिलेको १३ औं गणतन्त्र दिवस ।

२०६५ जेष्ठ १५ गते संविधान सभाको पहिलो बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्रमा जनताको शासन र जनताकै सार्वभौमिकता हुनुपर्छ ।गणतन्त्र प्राप्तिको गणतन्त्रको मुल्य हिरा मोतिको जस्तो हैन गणतन्त्र प्राप्तिका लागि हजारौं नेपालिहरुले बलिदान दिए |

गणतन्त्र २०७७ मा आइपुग्दा, १३ औं गणतन्त्र दिवस मनाउँदै गर्दा गणतन्त्र निकै बलियो भइसकेको अनूभुत गर्न कञ्जुस्याईं गर्नु पर्ने बलियो कारण छैन। तर यति बेला गणतन्त्रको आकाशमा काला बादलहरु मडारिरहेका छ्न । देशी वा बिदेशी विभिन्न शक्ति केन्द्रहरुले यसलाई असफल बनाइ नेपालमा बेथिती सृजना गरि आफ्नो अभिस्ट पूरा गर्ने विभिन्न खालका षड्यन्त्रका तानामुनाहरु बुनिरहेको कुरा भारतले नाकाबन्दी गर्नु,भुमी अतिक्रमण,बन्द हड्ताल हुनु,बलत्कारी,भस्ट्र्चारी को ढाकछोप भएका धेरै उदाहरण बाट प्रष्ट हुन्छ । यति मात्र होइन ९०% भन्दा बढी जनप्रतिनिधिहरुले हस्ताक्षर गरि निर्माण गरेको संविधान जारी हुदा देखाएको असन्तुष्टि बाट यो कुराको पुष्टि गर्न सकिन्छ । बिघटनले गणतन्त्रको भविष्यमा संकट पैदा गरेको थियो ।  दोस्रो संविधान सभामा पनि कसैको स्पष्ट बहुमत थिएन, तर पनि संविधान जारी भएर नै छोड्यो।

 देश भित्र मतमान्तरको कारण गणतन्त्रको सस्थांगत बिकासमा अप्ठ्यारो परेको कुरा हिजोआजको राजनैतिक घटना क्रमले देखाएको छ । गणतन्त्रका विरोधी तत्त्वहरु अझै पनि विभिन्न समूह वा पार्टी वा गुट वा राज्य का रुपमा परिचालित भै यसलाइ असफल तुल्याउन लागि परेको कुरा अवगत नै छ । जति गणतन्त्र घोषणाको क्रममा हर्ष उल्लास थियो, त्यो उल्लास अहिले कैयौं गुना जमिसकेको छ । व्यावस्था गणतन्त्रको आयो तर एक राजालाइ फालेर कैयौं नक्कली राजको उदय भयो । गणतन्त्रको संघर्ष मात्र राजा समाप्तिको थिएन, गणतन्त्रमा हुनुपर्ने विशेषतामा मोहित भएर परिवर्तनको अपेक्षामा नागरिकहरु रगतम्य थिए । तर २०६५ मा गरेका नेतृत्वका भाषण अहिले पनि भाषणमै सुनिन्छ । परिवर्तन सुनेर मात्र हुदैन, देख्न र अनुभुत गर्न पाउनुपर्छ  । विद्यार्थीहरु किताबमा पढ्न मात्र होइन विद्यालयमा गणतान्त्रिक मूल्य देख्न पाउनु पर्छ । देशका हरेक गल्लिमा अनुभुत गर्न पाउनुपर्छ ।

०६५ मा ओधृएका सडकमा अहिले खाडल छ्न, त्यहा गणतन्त्रले टेक्न सकेन । त्यति बेला स्वास्थ सेवा नपाएर ज्यान गुमाउनु पर्ने दुर्गम बस्तिको ब्यथा अहिले नि त्यस्तै छ, त्यहा गणतन्त्र पुग्न सकेन । खाडिमा रोजगारीको लागि गएका नेपालीहरु अहिले पनि खाडी मै छन् । गणतन्त्रकि दोस्रो राष्ट्रपति द्वारा अमेरिकामा रहेका नेपाली नागरिकको लागि मात्र दुख व्याक्त गरेको कुरा ताजै छ । खाडिमा रहेका नेपालीले देशमै रोजगार पाउने सपना बाट कहिल्यै उज्यालो हुन सकेको छैन, तर देश फर्काउने भाषण छिनछिनमा सुन्न सकिन्छ । नागरिक को घाउमा मलाम बन्न अभियान्ता र संस्था मात्र होइन सरकार गएको देख्न चाहान्छौ । बिगबिगी रहेको खोक्रो राष्ट्रवादबाट गणतन्त्र खतरामा छ, यस्ता विषालु मीठो च्याउ बाट पछि हट्नुपर्छ । आफैले बनाएका ऐन नमान्दा गणतन्त्र खतरामा छ । मुख मिठाएर हस्तक्षेप गर्न खोज्ने विदेशी दलाल बाट हाम्रा नेतृत्व टाढा बस्नुपर्छ, भारतले गरेको भुमी अतिक्रमण यसको उदाहरण बन्न सक्छ ।  विकास र परिवर्तनको लागि गणतन्त्रले ठुलो हिसां ओगट्न सक्नुपर्छ ।

आफुले जन्माएको बच्चाको माया हामिलाइ जति हुन्छ  । त्यस्तै हामिले हाम्रो जिवनको मुल्य सँग साटेर ल्याएको गणतन्त्रको माया असिम छ । यसका विरुद्दमा हुने कुनै पनि क्रियाकलाप बाट हामिलाइ क्षम्य हुन सक्दैन ।गणतन्त्रको संरक्षणका लागि हामी सुध्रिनु नै पर्छ । यसको रक्षाका निम्ति हामिहरु ढाल बनेर हाम्रो छाती थाप्न तयार हुनुपर्छ, छौ र छु । यसको संरक्षणको निम्ति हामी सबै खालका अतिवाद र षड्यन्त्रका विरुद्धमा हामी बिच भएका बिबिधतामा सम्पियता ,अनेकतामा एकता,असमझदारीका बिचमा समझदारी कायम गरि यसको संरक्षण गर्नु हाम्रो तथा मेरो पहिलो कर्तव्य हो । अत: हामिबाट छानिएका देशका बागडोर समाहाल्ने जनप्रतिनिधि कति नैतिकवान ,चरित्रवान,निस्वार्थ ,भस्ट्रचार मुक्त, कानुनको पालक छन कि भस्ट्र्चार,बलत्कार,सुनकान्डमा आफै मुछिनुका साथै कान्डलाइ ढाकछोप,खोक्रो राष्ट्रवाद देखाउने, जस्ता कानुनको तोडफोड गर्ने मूर्ख छ्न । यस शासन ब्यावस्थामा हामिले राज्यलाइ के दिन्छ  हैन के दिन सक्छ र मैले चुनेको जनप्रतिनिधिले मेरो लागि हैन हाम्रो लागि के  गर्दछ । यो जान्न नितान्त आबश्यकता छ ।  आज जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन सामाजिक संजाल मार्फत सम्पुर्ण नेपालि नागरिकहरुमा यो स्पष्ट पार्न चाहान्छु कि, गणतन्त्रमा हाम्रो अतुलनिय भुमिका रहेको र यसको संरक्षण मा एक जुट भै लागि पर्न अपरिहार्य छ । गणतन्त्रमा सदैव गणको शासन हुन पुगोस्, गणतन्त्र दिवसको हार्दिक शुभकामना । गणतन्त्र प्राप्तिको लागि ज्यान गुमाउने प्रती हार्दिक श्रद्धाञ्जली ।
जय गणतन्त्र ।नारायण घिमिरे / अर्घाखाँची

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago