पाल्पा । स्वतन्त्र पत्रकार संघ नेपाल, पाल्पा शाखाले नयाँ वर्ष २०७७ को क्यालेण्डर प्रकाशन गरेको छ । पाल्पाको ऐतिहासिक स्थल, संघका गतिविधि, स्थानीय तहका सामाजिक सन्देश र महत्वपूर्ण तिथिमिति समावेश गरी प्रकाशित क्यालेण्डर शुक्रबार सार्वजनिक गरिएको हो ।
स्वतन्त्रका केन्द्रीय उपाध्यक्ष अम्बिका पाण्डे, केन्द्रीय महासचिव जीवलाल सुवेदी, प्रदेस ५ कार्यसमिति सदस्य भविन्द्र गौतम, जिल्ला अध्यक्ष भोजराज भट्टराई र कोषाध्यक्ष प्रकाश न्यौपानेले संयुक्त रूपमा क्यालेण्डर विमोचन गर्नुभयो । जिल्ला अध्यक्ष भोजराज भट्टराईले संघले जिल्लाबाट सम्पादित केही गतिविधि समावेश सहित प्रकाशित क्यालेण्डरलाई लकडाउन खुलेपछि देशभरका शाखासम्म पुर्याइने बताउनुभयो । भट्टराई संयोजक रहेको प्रकाशन समितिमा भविन्द्र गौतम, अम्बिका पाण्डे, जीवलाल सुवेदी, राम ज्ञवाली र प्रकाश न्यौपाने रहनुभएको छ ।
यसअघि स्वतन्त्रको पाल्पा शाखाको संयोजनमा स्वतन्त्र सन्देश अंक २ प्रकाशन भएको थियो । संघले वार्षिक रूपमा देशभरका शाखाहरूको गतिविधि समावेश गरी स्वतन्त्र सन्देश प्रकाशनलाई निरन्तरता दिएको र केही शाखाहरूले क्यालेण्डर प्रकाशन गरेको केन्द्रिय महासचिव जीवलाल सुवेदीले जानकारी दिनुभयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…