अदालतमा विचाराधीन मुद्दामा हामी केही बोल्ने छैनौं, न यता न उता : सभापति देउवा

काठमाडौँप्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दाविचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताएका छन्  भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सोमबार सभापति देउवाले कांग्रेस न्यायालयलाई मान्ने पार्टी भएकालेअदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षमा नबोल्ने बताएका हुन् अदालतमा विचाराधीन मुद्दा जो त्यसमा हामी केही बोल्ने छैनौं, यता उता  अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन,’ देउवाले भने, ‘सरकारले बदमासी गर्न सक्ला, संसद्ले बदमासीगर्न सक्ला तर अन्तिम निकाय भनेको न्यायालय हो  न्यायालयबाट जे निर्णय हुन्छ, त्यो मान्नैपर्छ मान्दै आएका छौं 

सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय भने असंवैधानिक अलोकतान्त्रिक भएको बताए  उनले सरकारलेसंसद् विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्नेबारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने बताए 

सरकारको कदमको विरोध गर्ने तर त्यसबारे अदालतले जस्तो निर्णय दिएपछि स्वीकार गर्ने सभापति देउवाले बताए अदालतमाविचाराधीन मुद्दामा हाम्रो पार्टी केही भन्दैन  हामी अदालतको आदेश मान्नेछौं  देशभरीमा ओलीको असंवैधानिक, अप्रजातान्त्रिककदमको विरुद्धमा हामी विरोध प्रदर्शन गर्नेछौं,’ देउवाले थपे, ‘हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस् हामी अदालतको आदेशमान्छौं  अदालतलको स्वविवेकीय अधिकार   अदालतको निर्णयसम्म पर्खिन्छौं  अदालतलको निर्णय मान्ने पार्टी हो, त्यसलाईस्वीकार गर्नेछौं 

प्रधानमन्त्री ओलीको कदमको विरोधमा आयोजित सभामा देउवाले पटकपटक अदालतमा विचाराधीन मुद्दामा यस्तै हुनुपर्छ भनेर पार्टीकाकुनै पनि नेताले भन्न नहुने बताए  त्यसो गर्नु भनेको अदालतलाई धम्क्याएको हुने उनको भनाइ थियो  अदालतलाई धम्क्याएर तर्साएर निर्णय नगराउने उनको भनाइ थियो  उनले पञ्चायतकालमा पनि अदालतबाट न्याय पाइएको स्मरण गर्दै अहिलेको अदालतलेपनि स्वविवेकीय निर्णय लिने विश्वास व्यक्त गरे 

कोरोना महामारी चलिरहेकाले कम्तिमादुई गजको दुरी राखेर प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई सुझाएका थिए दुई गजकोदुरी राख्नुहोला  धेरै कुरामा ध्यान दिने हो भने कोभिडबाट बच्न सकिन्छ  अहिलेसम्म भ्यक्सिन आइसकेको छैन  भ्याक्सिन आए पनिनेपाल पुग्न एकवर्ष लाग्न सक्छ  भ्याक्सिन नआउन्जेलसम्म हामीले डिस्टेन्स मेन्टेन गर्नपर्छ  विशेषज्ञका कुरा मान्नुपर्छ,’ उनले भने 

सरकारको कदम असंवैधानिक भएपनि अहिले कांग्रेस एक्लै विरोध प्रदर्शनमा उत्रिने सभापति देउवाले बताए  उनले त्यसो गर्दा आफ्नोपार्टीको शक्तिको आँकलन हुने बताए  त्यस्तै पार्टीका धारणा स्पष्ट रूपमा जनतासामू राख्न पनि एक्लै प्रदर्शनमा जानुपर्ने देउवाकोभनाइ थियो 

पुस गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्  त्यसयता सत्तारुढ दलदुई खेमामा विभाजन भएको   प्रधानमन्त्री ओली पक्ष बैशाखमा घोषणा गरिएको मध्यावधी निर्वाचनको पक्षमा लागेको भनेपुष्पकमल दाहाल माधवकुमार नेपाल पक्ष संसद विघटनको विपक्षमा रहेको  

प्रतिपक्षी कांग्रेसले सोमबार सबै निर्वाचन क्षेत्रमा संसद् विघटनको विरोध गर्न कार्यक्रम आयोजना गरिरहेको   कांग्रेसभित्र संसद्पुनःस्थापनाको पक्षमा लाग्ने कि निर्वाचनमा जाने भन्नेमा विवाद   सभापति शेरबहादुर देउवा पक्ष ओली सरकारले गरेको संसद्विघटनपछि मध्यावधी निर्वाचनमा जानुपर्ने संसद पुनःस्थापनाको माग अगाडि सार्न नहुने भनिरहेको भने वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष संसद पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्ने भनिरहेको  हाल संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन   सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्नुको कारणसरकारसँग माग गरेको   उक्त मुद्दामा पुस २२ गतेदेखि सर्वोच्चमा नियमित सुनुवाइ हुने भएको  

sp sp

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago