काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा कोरोना भाइरस परीक्षण दर खुम्चिएको पाइएको छ । पछिल्लो एक हप्तालाई आधारमान्दा दैनिक ५ हजार ५ सय ४६ जनाको कोरोना भाइरस परीक्षण हुँदै आएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत सोमबारदेखि आइतबारसम्म ३८ हजार आठ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ ।जसअन्तर्गत गत सोमबार ६ हजार ३ सय ५१, मंगलबार ७ हजार, बुधबार ६ हजार ५५९, बिहीबार ५ हजार ५१०, शुक्रबार ४ हजार १४२, शनिबार ५ हजार ४३४ र हिजो आइतबार ३ हजार ८२८ जनाको कोरोना परीक्षण भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार विगतभन्दा परीक्षण संख्या घटेको छ । उनले भने, ‘देशभर ८० प्रयोगशालाबाट परीक्षण हुन्छ । परीक्षण संख्या बिस्तारै घट्दै गएको छ ।’
यस्तै स्वास्थ्य मन्त्रालयले संयुक्त अधिराज्य (युके)बाट नेपाल फर्किएका २७७ जनाको कोरोना भाइरस परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार युकेमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको पाइएपछि उनीहरूको कोरोनापरीक्षण गर्ने निर्णयमा मन्त्रालय पुगेको हो । उनीहरूको पीसीआर परीक्षण गरी कोरोना पोजेटिभ देखिए पुनः जिन सिक्वेन्सिङ गर्नेस्वास्थ्य मन्त्रालयको तयारी छ ।
आइतबार थप ४८१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ५८हजार १८१ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ रहेको छ । हाल देशभर ३६९ जना क्वारेन्टिनमारहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।यस्तै देशभर २८८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत २३५ जना आईसीयू र ५३ जनाभेन्टिलेटरमा उपचाररत छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १२ आईसीयू र चार भेन्टिलेटरमा, प्रदेश २ मा चार जना आईसीयू र तीन भेन्टिलेटरमा, बाग्मतीप्रदेशमा ८२ जना आईसीयू र २७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आईसीयू र आठ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५२आईसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।कर्णाली प्रदेशमा १० जना आईसीयू र दुई जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा तीन जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेकाछन् ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…