टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको छ ।
यही अप्रील १३ तारीख टोकियोको शिनओकोबो स्थित सोलमारी मुराहलमा आयोजना गरीएको कार्यक्रममा नयां वर्षको शुभकामना आदानप्रदान संगै सांस्कृतीक सांझ गर्ने भएको हो । जापानमा रहेका अर्घाखाँचीबासी लगायत नेपालीहरुलाई मनोरज्जनका साथै नेपाली संस्कृतीको निरन्तरताको लागी कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष कृष्ण केशीले जानकारी दिनुभयो । उहांले मनोरज्जन संगै समाजका पूर्व अध्यक्ष, संस्थापक सदस्य एवम् समाजलाई सहयोग पुर्याउने जापानमा रहेका बिभिन्न संघसंस्थाका क्रियाशील व्यक्तिहरुलाई सम्मान समेत गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली लोक संगित क्षेत्रका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जापानलाई कर्मथलो बनाउदै आउनुभएका चर्चित कलाकार चेतन घर्ती मगर, सोना केसी, समुन्द्रराज पौडेल लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने समाजका उपाध्यक्ष तथा सांगितीक सांझ कार्यक्रमका संयोजक गोबिन्द बिष्टले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिताका लागी जापान स्थित बिभिन्न संघसस्थाहरुलाई पत्रचार गरीसकेको समाजका महासचिव अर्जुन आचार्यले जानकारी दिनुभयो । साथै सास्कृतीक सांझ खुल्ला भएकोले जापानबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई सहभागीताका लागी आह्वान समेत गर्नुभयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…