Categories: समाज

कोरोनाका कारण रोजगारी गुमाएका र बोरोजगार युवा लक्षित गरी नगरपालिका र रेडा पाल्पाको सहकार्यमा युवा उद्यमशिलता कार्यक्रम शुरु

सन्तोष गहतराज,पाल्पा १२। कोविड १९ प्रतिकार्य तथा सामाजिक आर्थिक पुन प्राप्ति लागि युवा उधमशिलता विकास परियोजनाको एक कार्यक्रममा पत्रकारबीच सम्मेलन मार्फत बजेट सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिका, सयुक्त राष्ट सघीय कार्यक्रमको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको आयोजनामा पत्रकार सम्मेलन तथा बजेट सार्वजनिकरण सम्पन्न भएको हो । कार्यक्रमका प्रमुअ अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले पाल्पाको तानसेन नगरपालिकाले रोजगार गुमाएका युवाहरुलाई स्वरोजगार बनाउनका ्लागि विभिन्न कार्यक्रमहरु ल्याए पनि युवाहरु कार्यक्रममा सहभागि नभएको बताउनु भयो । उहाले तानसेन नगरपालिकाले कोविडका लागि करिब २ करोड ९० लाख रुपैया छुटयाएर राहतका कार्यक्रम साथै युवा स्वरोजगारीका कार्यक्रमहरु सञ्चालन गर्दा युवाहरु सहभागिता नभएको तर रोजगारीका लागि वैदेशिक रोजगारीमा भौतारिएको बताउृनु भयो ।
अहिले तानसेन नगरपालिकाले युवाहरुमा परिवर्तन नल्याउदा सम्म देशमा परिवर्तन नआउने हुनाले तानसेन नगरपालिका र ग्रामिण आर्थिक विकास संघ रेडाको सहकार्यमा युवाहरु स्वरोजगार बनाउन तानसेनका १४ वटै वडाहरुमा स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो । कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यक्रारी निर्देशक लिला कार्कीले तानसेन नगरपालिका तथा सयुक्त राष्ट सघीय कार्यक्रमको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघको सहकार्यमा स्वरोजगार मुलक कार्यक्रमहरु बाख्राका पकेट क्षेत्रमा पाठा पाठी वितरण तथा खोर निमार्ण,कुखुरा पालन अन्तरर्गत खोर बनाउने,कुखुराको दाना बनाउने मेसिनको वितरण,बगुंर पालन पकेट क्षेत्रमा बगुंरका पाठापाठी वितरण तथा गैर कृषि कार्यक्रममा मोटरसाइकल निमार्ण सम्बन्धी तालिम,करुवा उत्पादन सम्बन्धी तालिम,अमिलो जातका फलफुलको विउ उत्पादन तथा विउ वितरण,टपरी बनाउने तालिम लगाएतका तालिमहरु सञ्चालन गरिएको बताउनु भयो ।
जस्का लागि १ करोड ९१ हजार बराबरको बजेटमा कार्यक्रमहरु सञ्चालन भइरहेको बताउनु भयो । कार्यक्रममा तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मर्हजन,पत्रकार महासंघका अध्यक्ष राजेश अर्याल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम रेडाका शिव बहादर कुवँरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago