Categories: शिक्षा

कँडेलले जापानबाट आफ्नै गाँउठाउको विषयमा गरे पिएचडी

कविकिरण न्यौपाने, जापान । धेरै मानिसको आफ्नो रुचिको विषयमा पिएचडी गर्ने इच्छा भएपनि सबैले सक्दैनन । जस्का लागि कडा मेहेनत र लगनशिलता आवश्यकता पर्छ । कतिलाई भाग्यले पनि साथ दिदैन । हालै मात्र चितवन राप्ती नगरपालिका वडा नं. ७ स्थायी बसोवास भएका सरोज कँडेलले आफ्नै गाउँठाउको विषयमा पिएचडी गरेका छन् ।
उनि वसेको अनि हुर्केको ठाँउ विश्वकै उत्कृष्ट गन्तव्य मध्ये एक चितवन राष्ट्रिय निकुञ्ज संगै जोडिएको छ। कँडेलले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह अस्तित्वका लागि इकोटोरिजमको भूमिका” सम्बन्धी बिषयमा पिएचडी गरेका हुन् । सन् २oo४ जुलाईमा जापनिज भाषा विध्यार्थीको रुपमा जापान आएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वबिध्यालयबाट पिएचडी गरेका हुन्। मिलनसार अनि मेहेनती कँडेल जापान आएको ६ महिना भित्रै छात्रवृत्ति पाएको सम्झदैं मेहेनत गरे केही पनि असम्भव नभएको बताउछन् ।
अध्ययन संगै सामाजिक कार्यमा समेत कृयाशिल कँडेल जापानमा विद्यार्थीहरुको संस्था नेसाजका पूर्व अध्यक्ष, एनआरएनए जापानका पूर्व सचिव, चितवन समाज जापानका पूर्व अध्यक्ष लगाएत जिम्वेवारीमा बसेर काम गरिसकेका छन्। जापनिज भाषामा राम्रो दख्खल भएका कँडेल विभिन्न समयमा नेपाल अनि नेपाली चिनाउनका लागि दोभाषेको रुपमा पनि काम गर्ने गरेको बताउछन् ।जापानबाट सिकेको ज्ञान नेपालमानै गएर सदुपयोग गर्नु पर्ने धारण राख्ने कँडेल निकटभविश्यमानै नेपाल फर्केने बताउछन् । धेरै नेपालीहरु विदेशमै पलायन भई रहेको अवस्थामा विदेशमा आर्जन गरेको ज्ञान, सिप अनि धन नेपालकै लागि लगाउन उनको सुझाव छ।
Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago