अस्पताल बनाउनका लागि जग्गा सम्बन्धी मापदण्ड फेरियो

काठमाडौँ – सरकारले एक सय शैय्या भन्दा कमका प्राथमिक अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि आवश्वक पर्ने जग्गा सम्बन्धी मापदण्ड परिवर्तन गरेको छ।

फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गतसाता बसेको मन्त्रिपरिषदको बैठकले जग्गा सम्बन्धी मापदण्ड परिवर्तन गर्ने निर्णय गरेको हो।बैठकको निर्णयपछि राजपत्रमा प्रकाशित भएको स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्वन्धी (पहिलो संसोधन) निर्देशिका, २०७७ मा पहिलेको तुलनामा केही लचकता अपनाइएको छ।

यसअघि ‘क’ वर्गका प्राथमिक अस्पतालमध्ये ५१ बेडदेखि ९९ बेडसम्मको अस्पताल बनाउँदा कम्तीमा ३५ रोपनी जग्गा हुनु पर्ने नियमलाई परिर्वतन गरी २८ रोपनीमा झारिएको छ। त्यस्तै २६ देखि ५० बेडको अस्पतालका लागि १५ रोपनीबाट १२ रोपनीमा, १५ देखि २५ बेडको अस्पतालका लागि १२ रोपनीबाट ९ दशमलव ६ रोपनीमा झारिएको छ।त्यसैगरी ‘ख’ वर्गका १५ बेड र १० बेडका प्राथमिक अस्पताल बनाउन तोकिएको ९ रोपनीलाई कम गरी ७ दशमलव २ रोपनीमा झारिएको छ। पाँच बेडको अस्पताललाई तोकिएको ७ रोपनीलाई घटाएर ५ दशमलव ६ रोपनीमा ल्याइएको छ।

टाइप ‘ए’ स्वास्थ्य संस्था बनाउन ४ रोपनीबाट घटाएर ३ दशमलव २, टाइप ‘बी’ लाई २ रोपनीबाट घटाएर १ दशमलव ६, टाइप ‘सी’ लाई १ दशमलव ५ बाट घटाएर १ दशमलव २ र टाइप ‘डी’ लाई १ रोपनीबाट घटाएर शुन्य दशमलव ८ रोपनी जग्गा आवश्यक हुने तोकिएको छ।यसैगरी टाइप ‘ए’ स्वास्थ्य संस्था बनाउन ४ रोपनीबाट घटाएर ३ दशमलव २, टाइप ‘बी’ लाई २ रोपनीबाट घटाएर १ दशमलव ६, टाइप ‘सी’ लाई १ दशमलव ५ बाट घटाएर १ दशमलव २ र टाइप ‘डी’ लाई १ रोपनीबाट घटाएर शून्य दशमलव ८ रोपनी जग्गा आवश्यक हुने तोकिएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago