पाल्पा ,सन्ताेष गहतराज
पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले भारतबाट आई नेपाल भारतको सिमानामा अलपत्र परेका ३९ जना नागरिकहरूलाई उद्धार गरेको छ। गाउँपालिकाले केही दिन अगाडि १९ जनालाई उद्वार गरेकाे थियाे र मंगलबार २० जना नागरिकहरूलाई सुनाैली सम्म गाउँपालिकाले नै यातायातकाे व्यवस्था गरि उद्वार गरेकाे गाउँपालिका अध्यक्ष सन्ताेष थापा मगरले बताउनु भयाे । लामो समय देखि कोरोना भाइरसकाे संक्रमणले भारतमा राेजगारीका लागि गएका नागरिकहरूकाे लकडाउन लम्बिए सँगै उनीहरूको रोजीरोटी नै गुमाइ बाध्यताबस भारतबाट आफ्नो निवास क्षेत्रमा फर्कन बाध्य भएका नागरिकहरूले उद्वार छ।
यसै सन्दर्भमा मंगलबार मात्र माथागढी गाउँपालिका २० जनालाई नेपाल भारतको सुनौली र कृष्णनगरको सिमानाबाट गाउँपालिकाको पूर्ण सहयोगमा उद्धार गरिएको छ। मंगलबार उद्धारमा पर्नेहरूमा वडा न: १ को ३ जना,वडा न: ४ को ३ जना र वडा न: ६ को १४ जना गरि जम्मा ४० जनालाई उद्वार गरिएकाे गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले गार्खाली भ्वाइस डटकमलाई जानकारी दिनुभयो। गाउँपालिकाले केही दिन अगाडि १९ जनालाई सुनाैली र कृष्ण नगर नाकाबाट उद्वार गरेकाे छ र सिमामा अलपत्र परेका नागरिकलाई उद्वार गरिने कामलाई निरन्तरता दिने गाउँपालिका जनाएको छ ।
साथै उनीहरूलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा सुरक्षित साथ राखिएको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो । अझै यस्ता धेरै माथागढीवासी नागरिकहरू प्रवासमा अलपत्र रहेकोे नागरिकहरूलाई उद्धार गर्न गाउँपालिकाले यातायात व्यवस्था गरि सुनाैली पठाउने र गाउँकार्यपालिकाको कोरोना बिपद व्यवस्थापनको निर्णय बमोजिम काम गर्ने थापाले बताउनुभयो । गाउपालिकाका प्रशासकिय अधिकृत राजु नेपाल भारतबाट अलपत्र परि आएका नागरिकहरूले गाउँपालिकाकाे क्वारेन्टाइनमा राखिने र उनिहरूकाे खानेबस्ने व्यवस्था गाउँपालिकाले मिलाए बताउनु भयाे । साथै भारतबाट आएका नागरिकहरूकाे काेराेना परिक्षणकाे लागि जिल्लामा किटकाे अभाव रहेकाेले यधपी परिक्षणकाे दायरालाई अगाडि बढाउने प्रशासकिय अधिकृत नेपाल बताउनु भयाे ।
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…