काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियां राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।चिनियां राजदूतले यान्छीले विहिवार प्रचण्डसंग उनकै निवास खुमलटार पुगेर आधा घण्टा भेटवार्ता गरेकी हुन् । नेकपा दुई भागमाविभाजन भएको बेला उनले प्रचण्डलाई भेटनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियां राजदूतले पछिल्लो राजनीतिक अवस्थाकाबारेमा प्रचण्डसंगको भेटमा चांसो राखेको बुझिएको छ । यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निवास पुगेर भेटवार्तागरेकी थिईन ।
चिनियां राजदूतले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपाललाई समेत भेट्ने तयारी गरेकी छन् ।त्यसैगरी पुर्व उर्जामन्त्री वर्षमान पुनलाई समेत उनले भेट्ने कार्यक्रम छ ।
यसअघि नेकपामा विवाद चुलिंदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो । चिनियां राजदूतले पछिल्लो समय नेताहरुसंगकोभेटमा चीन नेपालमा स्थिरता कायम रहोस भन्ने पक्षमा रहेको बताउने गरेकी छन् । नेपालमा राजनीतिक अस्थिरता भए त्यसले आर्थिकविकासमा असर पर्ने भन्दै स्थिरता कायम गर्नुपर्नेमा चिनियां राजदूतको जोड छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…