वीरगंज : पर्सामा जाडोको समयमा काठ तस्करी मौलाएको छ। प्रहरी तथा वनकर्मीहरुको उदासिनताको कारण पर्साको उत्तरी क्षेत्रबाटसाइकल तथा ट्याक्टरमा काठ तस्करी गर्ने गिरोहहरु सक्रिय भएका हुन्।
गएराति सब डिभिजन वन कार्यालय सबैयाको टोलीले पर्सागढी नगरपालिका वडा नं ३ पारसचोक–बकनरवा सडकखण्ड बीचबाट ठूलोपरिमाणमा करिब एक ट्याक्टर सालको गोलाई बरामद गरेको छ। फरेस्टर पुरुषोत्तम पटेलको कामान्डमा खटिएको गस्ती टोलीलाईदेखेपछि नौ वटा साइकलमा लोड गरी जंगल क्षेत्रबाट दक्षिणी क्षेत्रमा लागिरहेका काठ तस्करहरु साइकल र काठ छोडेर फरार भएकाथिए। बरामद गरिएको काठहरु आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगंजमा पठाउने तयारी भइरहेको छ। जाडोमाकुहिरो बढेसंगै प्रशासन निस्क्रिय भएको हुनसक्ने मौका छोपी काठ तस्करहरु सक्रिय बनेको वन कर्मचारीहरुले बताएका छन्।
पर्सामा मिलनचोक, सोलखपुर, सवैया, विरुवागुठी, बडनिहार, मानवा, रंगपुरलगायत क्षेत्रबाट बढि मात्रामा काठ तस्करी हुने गरेको छ।तस्करी गरी उत्तरी क्षेत्रका समिलहरुमा काठ बिक्री गरी विभिन्न फर्निचरको समान बनाएर वीरगंज तथा भारतीय बजारसम्म पुर्याइनेगरिएको छ। उत्तरी क्षेत्रमा दुई दर्जनभन्दा बढि अवैधानिक समिलहरु सञ्चालनमा रहेको गाउँलेहरुले बताएका छन्।
यसैबीच सव डिभिजन वन कार्यालय सबैयाको टोलीले आजै विहान ७ बजे वीरगंज २८ बगहीको सुमिन्त्री स मिलबाट ३ घनफिटतस्करीको काठ बरामद गरेको छ। पूर्व सूचनाको अधारमा छापा हानी उक्त काठ बरामद गरेको जनाइएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…