Categories: समाज

४८ घनफिट काठ बरामद, कुहिरोमा काठ तस्करी बढ्यो

वीरगंज : पर्सामा जाडोको समयमा काठ तस्करी मौलाएको छ। प्रहरी तथा वनकर्मीहरुको उदासिनताको कारण पर्साको उत्तरी क्षेत्रबाटसाइकल तथा ट्याक्टरमा काठ तस्करी गर्ने गिरोहहरु सक्रिय भएका हुन्।

गएराति सब डिभिजन वन कार्यालय सबैयाको टोलीले पर्सागढी नगरपालिका वडा नं पारसचोकबकनरवा सडकखण्ड बीचबाट ठूलोपरिमाणमा करिब एक ट्याक्टर सालको गोलाई बरामद गरेको छ। फरेस्टर पुरुषोत्तम पटेलको कामान्डमा खटिएको गस्ती टोलीलाईदेखेपछि नौ वटा साइकलमा लोड गरी जंगल क्षेत्रबाट दक्षिणी क्षेत्रमा लागिरहेका काठ तस्करहरु साइकल काठ छोडेर फरार भएकाथिए। बरामद गरिएको काठहरु आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगंजमा पठाउने तयारी भइरहेको छ। जाडोमाकुहिरो बढेसंगै प्रशासन निस्क्रिय भएको हुनसक्ने मौका छोपी काठ तस्करहरु सक्रिय बनेको वन कर्मचारीहरुले बताएका छन्।

फोटो फाईल

पर्सामा मिलनचोक, सोलखपुर, सवैया, विरुवागुठी, बडनिहार, मानवा, रंगपुरलगायत क्षेत्रबाट बढि मात्रामा काठ तस्करी हुने गरेको छ।तस्करी गरी उत्तरी क्षेत्रका समिलहरुमा काठ बिक्री गरी विभिन्न फर्निचरको समान बनाएर वीरगंज तथा भारतीय बजारसम्म पुर्‍याइनेगरिएको छ। उत्तरी क्षेत्रमा दुई दर्जनभन्दा बढि अवैधानिक समिलहरु सञ्चालनमा रहेको गाउँलेहरुले बताएका छन्।

यसैबीच सव डिभिजन वन कार्यालय सबैयाको टोलीले आजै विहान बजे वीरगंज २८ बगहीको सुमिन्त्री मिलबाट घनफिटतस्करीको काठ बरामद गरेको छ। पूर्व सूचनाको अधारमा छापा हानी उक्त काठ बरामद गरेको जनाइएको छ।

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago