काठमाडौं। जम्मु–कस्मिर जिल्ला विकास परिषद् (डीडीसी) का २८० सिटका लागि भएको निर्वाचनमा फारुक अब्दुल्ला नेतृत्वको ७ पार्टीको गुपकरगठबन्धनले सबैभन्दा बढी ११३ सिट जितेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार ७३ सिटका साथ भारतीय जनता पार्टी (बीजेपी) एक्लै सबैभन्दा ठूलो पार्टी बनेको छ। बीजेपीलेपहिलोपटक कस्मिर उपत्यकामा ३ सिट जितेको छ।
केन्द्र प्रशासित राज्यस्थित निर्वाचन आयोगका अनुसार पिपुल्स अलायन्स फर गुपकर डिलेक्रेसन (पीएजीडी) सय सिट जितेको छ भने१२ स्थानमा ऊ अगाडि देखिएको छ।
४७ स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् भने अन्य ६ स्वतन्त्र उम्मेदवार अगाडि बढिरहेका छन्।
जम्मु–कस्मिर अपनी पार्टी (जेकेएपी) को अवस्था भने निराशाजनक देखिएको छ। यस पार्टीले ११ सिटमा मात्रै विजय प्राप्त गरेको छ रएक स्थानमा अग्रता लिइरहेको छ।
कांग्रेसले अहिलेसम्म २२ सिटमा जित हासिल गरेको छ भने अन्य ५ स्थानमा अगाडि देखिएको छ।
बीबीसीका अनुसार ८ चरणमा गरिएको डीडीसी चुनाव गत नोभेम्बर २८ मा सुरु भएको हो।
गत वर्ष जम्मु–कस्मिरलाई दिइएको विशेष मान्यता खारेज गरिएपछि तथा केन्द्र शासित प्रदेश बनाइएपछिको यो पहिलो चुनाव हो।
जम्मु–कस्मिर क्षेत्रका १४०–१४० सिटका लागि चुनाव भएको थियो।
हिन्दुबाहुल्य जम्मुमा नतिजा बीजेपीका पक्षमा देखिएको छ भने मुसलमान बाहुल्य कस्मिरमा पीएजीडीको दबदबा देखिएको छ। बीबीसी
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…