काठमाडौं। जम्मु–कस्मिर जिल्ला विकास परिषद् (डीडीसी) का २८० सिटका लागि भएको निर्वाचनमा फारुक अब्दुल्ला नेतृत्वको ७ पार्टीको गुपकरगठबन्धनले सबैभन्दा बढी ११३ सिट जितेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार ७३ सिटका साथ भारतीय जनता पार्टी (बीजेपी) एक्लै सबैभन्दा ठूलो पार्टी बनेको छ। बीजेपीलेपहिलोपटक कस्मिर उपत्यकामा ३ सिट जितेको छ।
केन्द्र प्रशासित राज्यस्थित निर्वाचन आयोगका अनुसार पिपुल्स अलायन्स फर गुपकर डिलेक्रेसन (पीएजीडी) सय सिट जितेको छ भने१२ स्थानमा ऊ अगाडि देखिएको छ।
४७ स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् भने अन्य ६ स्वतन्त्र उम्मेदवार अगाडि बढिरहेका छन्।
जम्मु–कस्मिर अपनी पार्टी (जेकेएपी) को अवस्था भने निराशाजनक देखिएको छ। यस पार्टीले ११ सिटमा मात्रै विजय प्राप्त गरेको छ रएक स्थानमा अग्रता लिइरहेको छ।
कांग्रेसले अहिलेसम्म २२ सिटमा जित हासिल गरेको छ भने अन्य ५ स्थानमा अगाडि देखिएको छ।
बीबीसीका अनुसार ८ चरणमा गरिएको डीडीसी चुनाव गत नोभेम्बर २८ मा सुरु भएको हो।
गत वर्ष जम्मु–कस्मिरलाई दिइएको विशेष मान्यता खारेज गरिएपछि तथा केन्द्र शासित प्रदेश बनाइएपछिको यो पहिलो चुनाव हो।
जम्मु–कस्मिर क्षेत्रका १४०–१४० सिटका लागि चुनाव भएको थियो।
हिन्दुबाहुल्य जम्मुमा नतिजा बीजेपीका पक्षमा देखिएको छ भने मुसलमान बाहुल्य कस्मिरमा पीएजीडीको दबदबा देखिएको छ। बीबीसी
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…