Categories: समाज

कलाकार कंडेल दम्पतीको उदाहरणीय काम ,वर्षगाँठको खर्च बिपन्न परिवारलाई हस्तान्तरण

नारायण प्रभु,नवलपुर -कुनै समय नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिचलचित्र थोरै भए पुगि सरीका चर्चित हाँस्यकलाकार दया अर्थात गोकुल कँडेल र उहाँकी धर्मपत्नी गंगा कंडेलले आज १२औं वैवाहिक वर्षगाँठ मनाएका छन।

नवलपुर जिल्लाको कावासोती १ मा स्थायी बसोबास गर्ने कंडेल परिवारले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा बिपन्न परिवारलाई सहयोग गरी मनाएका हुन।

पछिल्लो समय कोरोनाका कारण कतिपय मानिसहरूले ज्याला मजदुरी गर्न नपाएर बिहान बेलुका राम्रोसँग खान नपाइरहेको अवस्थामा आफुले थोरै भएपनी सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको कंडेल दम्पतीको भनाइ रहेको छ।अचेल केही व्यक्तिहरुले वैवाहिक वर्षगाँठ,जन्मोत्सव जस्ता कार्यक्रमहरुमा अनावश्यक तामझाम गरि खर्च गर्ने गरेको व्यबहार प्रती आफू निकै असन्तुष्ट रहेको र त्यसरी खर्च गर्नु भन्दा दुखी गरिबहरुलाई सहयोग गर्न सके आत्मसन्तुष्टि प्राप्त हुने उहाँले बताउनु भयो।

आजको कार्यक्रममा आफुले भोज भतेर गरेर अनावश्यक खर्च नगर्ने पनि जानकारी गराउदै कंडेलले यस शिर्षकमा आउने खर्च बराबरको चामल, दाल,नुन, तेल,आलु लगाएतका खाद्यान्न सामग्रीहरु कावासोती १हिमाल चोकमा बस्ने आर्थिक अवस्थाले कमजोर रहेका धन बहादुर बि.क.को परिवारलाई घरमै पुगेर हस्तान्तरण गरेको बताउनु भयो।

सामाजिक कार्यमा अग्रसर रहदै आउनुभएका कलाकार कंडेलले आज नै महाअभियान, हरेकदिन एक मुठी दान नामक सामाजिक संस्थालाई रु १००० पनि सहयोग गर्नु भएको छ।लिन मात्रै खोज्ने प्रवृत्तिलाइ त्याग्दै दिन पनि जान्नु पर्दछ भन्ने कुरालाई आत्मसात गर्दै आवश्यक परेमा अन्य दिन दुखी हरुलाई पनि सहयोग गर्दै जाने कंडेल परिवारको भनाई रहेको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago