Categories: समाज

कलाकार कंडेल दम्पतीको उदाहरणीय काम ,वर्षगाँठको खर्च बिपन्न परिवारलाई हस्तान्तरण

नारायण प्रभु,नवलपुर -कुनै समय नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिचलचित्र थोरै भए पुगि सरीका चर्चित हाँस्यकलाकार दया अर्थात गोकुल कँडेल र उहाँकी धर्मपत्नी गंगा कंडेलले आज १२औं वैवाहिक वर्षगाँठ मनाएका छन।

नवलपुर जिल्लाको कावासोती १ मा स्थायी बसोबास गर्ने कंडेल परिवारले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा बिपन्न परिवारलाई सहयोग गरी मनाएका हुन।

पछिल्लो समय कोरोनाका कारण कतिपय मानिसहरूले ज्याला मजदुरी गर्न नपाएर बिहान बेलुका राम्रोसँग खान नपाइरहेको अवस्थामा आफुले थोरै भएपनी सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको कंडेल दम्पतीको भनाइ रहेको छ।अचेल केही व्यक्तिहरुले वैवाहिक वर्षगाँठ,जन्मोत्सव जस्ता कार्यक्रमहरुमा अनावश्यक तामझाम गरि खर्च गर्ने गरेको व्यबहार प्रती आफू निकै असन्तुष्ट रहेको र त्यसरी खर्च गर्नु भन्दा दुखी गरिबहरुलाई सहयोग गर्न सके आत्मसन्तुष्टि प्राप्त हुने उहाँले बताउनु भयो।

आजको कार्यक्रममा आफुले भोज भतेर गरेर अनावश्यक खर्च नगर्ने पनि जानकारी गराउदै कंडेलले यस शिर्षकमा आउने खर्च बराबरको चामल, दाल,नुन, तेल,आलु लगाएतका खाद्यान्न सामग्रीहरु कावासोती १हिमाल चोकमा बस्ने आर्थिक अवस्थाले कमजोर रहेका धन बहादुर बि.क.को परिवारलाई घरमै पुगेर हस्तान्तरण गरेको बताउनु भयो।

सामाजिक कार्यमा अग्रसर रहदै आउनुभएका कलाकार कंडेलले आज नै महाअभियान, हरेकदिन एक मुठी दान नामक सामाजिक संस्थालाई रु १००० पनि सहयोग गर्नु भएको छ।लिन मात्रै खोज्ने प्रवृत्तिलाइ त्याग्दै दिन पनि जान्नु पर्दछ भन्ने कुरालाई आत्मसात गर्दै आवश्यक परेमा अन्य दिन दुखी हरुलाई पनि सहयोग गर्दै जाने कंडेल परिवारको भनाई रहेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago