डिसेम्बर १३ मा टोकियोमा हुने विश्वकै चर्चित के वन किक बक्सिङ्गमा अबिरल भिड्दै

 कविकिरण न्यौपाने , टोकियो । जिवनमा जो कोही पनि हार्न चाहादैन । चाहे त्यो कुनै क्षेत्रमा किन नहोस् ,उ जहिले पनि जित्नै चाहान्छ । तर सबैलाई सधै जित्ने सौभाग्य कहाँ हुन्छ र l तर यस्ता सौभाग्यसाली मध्ये अबिरल छन् कि उनले अहिले सम्म हार्न जानेका छैनन।त्यस्मा पनि जन्मभूमिमा नभई कर्मभूमिमा ।
विगत ५ वर्षदेखी आफ्नो आमावुवा संग जापानको नागोया शहरमा बस्दै आएका अविरल घिमिरेलाई उनको मनपर्ने खेल बक्सिङ्गमा अहिलेसम्म सफलता मात्र हात परेको छ। अहिले सम्म अपराजित अबिरल डिसेम्बर १३ तारिक टोकियोमा हुने विश्वकै चर्चित के वन किक बक्सिङ्ग प्रतिप्रधामा भिड्दै छन्। उनि ब्राज़ीलियन खेलाडी किमुरा फिलिप संग भिड्न लागेका हुन्। यसअघिनै के वन ग्राण्ड प्रिक्सको टाईटल बेल्ट जितेका किमुरा जापानमा व्यवसायिक के वन किक बक्सिङ खेलाडी हुन् । हिमालयन चितुवाका नामले समेत चिनिएका अबिरल अग्रजहरुको प्रेरणा अनि आर्शिवाद समेत प्राप्त गरिरहेको बताउँदै जितको लागी कडा मिहेनत गरिरहेको बताउछन । अबिरलले २१ बर्षको उमेरमै अन्तर्राष्ट्रिय स्तरको किक बक्सिङ टुर्नामेन्ट खेल्ने पहिलो नेपाली युवा खेलाडी समेत बनेका छन् । पछिल्लो समय सेप्टेम्बर १४ मा टोकियोमै भएको ७० किलो तौल समुहको भिडन्तमा जापानका चर्चित किक बक्सिङ फाईटर थाचुयालाई हराउँदै अबिरलले आफ्नो बिजयीलाई निरंतरता दिएका थिए । अबिरलले यसअघि खेलेका हिट ४७ व्यवसायिक किक बक्सिङ सहित ९ खेल मध्ये ८ वटामा निकालेका थिए। अबिरलले नियमित रुपमा सिमुरा डोजोमा प्रशिक्षण लिंदै आएका छन् ।
करिब पाँच वर्ष जापान बसाईको क्रममा अबिरल लाई निरंतर सफलता मिलि रहेको वुवा तथा उनको बक्सिङ्ग खेलका कोच (प्रशिक्षक) देव धिमिरे को भनाई छ । बुवाकै प्रेरणावाट आफु यस खेलमा लागेको अविरल बताउछन । उनका बुवा देव घिमीरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडी समेत हुन्। साथै देव घिमिरेले पनि सन् २००४ मा के वन ग्राण्ड प्रिक्स भिडन्त गरेका थिए । पछिल्लो समय अबिरलको प्रशिक्षण स्थलमा भेटिएका एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीले आफु अबिरलको हौसला का लागी आएको बताउदैं यसपाली पनि अबिरल बिजयी हुनेमा आफु विश्वत रहेको बताए। त्यस्तै युनिटी गाईजका सल्लाहकार समेत रहेका अनिल शाक्यले सबैले अबिरललाई हौसला बढाउन आग्रह गरे। प्रशिक्षण स्थलमा नै भेटिएका एनआरएनए एसिया प्यासिफिक उप – संयोजक पारशमणि पोखरेलले अबिरलले किक बक्सिङ्ग को माध्यमबाट आफु मात्र नभई नेपाल र नेपाली समेत चिनाएको बताए। यतिवेला अविरल प्रतियोगिताको अन्तिम तयारीमा जुटिरहेका छन् । प्रक्षिक्षण स्थलमा अविरल लाई हौसला प्रदान गर्न नेपाली तथा जापानी खेलप्रेमीहरुको लर्को नै लागेको देख्न पाईन्थ्यो । त्यसैक्रममा जापानकै चर्चित केवन बक्सर खेलाडी मासादो पनि आएका थिए। उनले अविरलको प्रशिक्षण हेर्नुको साथै अविरललाई बिजयको शुभ कामना पनि दिए। उनि विश्व बिजेता जापनिज खेलाडी रहेको अविरलका वुवा तथा प्रक्षिक्षक देब घिमिरेले बताए । उनले सबैलाई यसअघि झैं अबिरललाई साथ सहयोग प्रदान गर्न र सम्भव भएसम्म खेल मैदानमा आएर हौसला प्रदान गर्नु हुन सबैमा आग्रह गरे।
Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago