उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट, अर्को बम डिस्पोजका लागि सेना खटियो

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बम विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन्भने भवन चर्किएको प्रहरीले जनाएको छ।

गएराति सवा बजे कार्यालयको सहायता कक्ष रहेको बरन्डामा विस्फोट भएको उदयपुरका प्रहरी प्रमुख, एसपी भीमप्रसाद दाहाललेबताए। उनका अनुसार विस्फोटबाट कार्यालयको दराज फर्निचरमा समेत क्षति पुगेको छ।

गाउँपालिका कार्यालयको गेटमा अर्को बम समेत राखिएको पाइएको छ। अहिले घटनास्थलमा प्रहरी टोली पुगेको भने बम डिस्पोजकालागि नेपाली सेनाको टोली पुग्दै गरेको एसपी दाहालले बताए। 

अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुल्न नसकेको उनले बताए।बरन्डामा सुतली बम विस्फोट भएको देखिन्छ। विस्फोटकसले गरायो भन्ने खुलेको छैन। कसैले जिम्मा पनि लिएको छैन”, एसपी दाहालले भने, “घटनाको अनुसन्धान गरिहेका छौं। थप खुल्नबाँकी छ।

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले पनि विस्फोट गराउनुपर्ने कुनै कारण नरहेको बताए। आफूहरूलाई अहिलेसम्म कतैबाट कुनैप्रकारको माग, धम्की केही नआएको एक्कासी विस्फोट गराइएको उनले बताए।

हामीले हाम्रो काम राम्रैसँग गरिरहेका छौं, कतैबाट यो तहको असन्तुष्टि आएको थिएन”, गाउँपालिका अध्यक्ष थापाले भने, “एक्कासीविस्फोट गराइएको छ। हामी पनि अचम्मित भएका छौं।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago