तिनाउमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण ।

सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले पालिकाका ६ वटा वडाहरूमा न्यानो कपडा वितरण गरेको छ ।

तिनाउ गाउँपालिकाको सम्योजन तथा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रमबाट पालिकाका ६ वटै वडाका ७५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार अहिले तिनाउ गाउँपालिकामा वडा न १ र ६ का नागरिकहरूको लागि न्यानो कपडा वितरणको कार्यक्रम आए पनि पालिकाको बैठक अनुसारले सबै वडाहरूका जेष्ठ नागरिकहरूको केही भए पनि जाडोको समयमा राहत मोलोस भनी करिब ४७० जना जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको बताउनु भयो । ओखलढुङ्गाको कार्यक्रममा बोल्दै अध्यक्ष घर्ती मगरले ओखलढुङ्गाको अंकुसे बाटोमा ७० लाख बजेटमा सडक ढलान,ताल मुर्थुममा ४५ लाखमा लिफ्टिङ्ग खानेपानी सम्पन्न गरिने,३ करोडको लगानीमा अाेखलढुङ्गा कचल विधुती करण गरिने र १ करोड लागतको चिउरेपानी लिफ्टिङ्ग खानेपानी यसै बर्षबाट शुरू गरिने गाउँपालिका अध्यक्ष घर्ती मगरले बताउनु भयो । वितरणको अन्तिम दिन तिनाउ वडा न १ कचलमा वितरण गरिएको छ । वडा न १ का करिब १०७ जना ७५ बर्ष माथिकालाई जेष्ठ नागरिकहरूलाई वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा वडा न १ का वडा अध्यक्ष रोम बहादुर लम्तरीले न्यानो कपडा वितरण कार्यक्रमले जाडोको समयमा जेष्ठ नागरिकहरूले केही भए पनि राहत पुग्ने बताउदै गाउँपालिकालाई धन्यवाद दिनु भयो । न्यानो कपडा वितरण कार्यक्रममा वडाका जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो । जाडोको समयमा गाउँपालिकाले गाउँगाउँमा आई न्यानो कपडा वितरण गरे पछि जेष्ठ नागरिकहरू खुशी भएका थिए ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago