फोटो फाईल
नेपालमा गत २४ घण्टामा ७४२ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अवधिमा कोभिड–१९ बाट ७ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा ६,३५१ जनाको पीसीआर परीक्षण गरिएको थियो।
सङ्क्रमितमध्ये महिला २९४ र पुरुष ४४८ जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
यो सँगै कोभिडबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या १,७९५ पुगेको छ।
सबैभन्दा बढी सङ्क्रमित वाग्मती प्रदेशमा ४,८३१ जना छन् भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिम हरेक प्रदेशमा एक एक हजारकोहाराहारीमा बिरामी छन्।
अरू तथ्याङ्क के छ?
हालसम्म नेपालमा १८,७७,१८१ जनाको पीसीआर परीक्षण गरिएको छ।
तीमध्ये २,५४,५१४ जना कोरोनाभाइरस पोजिटिभ भएका छन्।
उक्त अवधिमा २,४४,७४३ जना कोरोनाभाइरस सङ्क्रमणबाट निको भएका छन्।
अहिले देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७,९७६ छ।
त्यो मध्ये काठमाण्डू उपत्यकामा मात्र ४,३२० जना सङ्क्रमित रहेका छन्। त्यो भनेको देशका कुल सङ्क्रमितमध्ये ५४ प्रतिशत काठमाण्डूउपत्यकामा मात्र रहेका छन्।
काठमाण्डूमा सक्रिय सङ्क्रमित ३,४४८, भक्तपुरमा २४४ र ललितपुरमा ६२८ सक्रिय सङ्क्रमित रहेका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…