पार्टीकै नेताले काम गर्न नदिएपछि संसद विघटन गर्ने निर्णयमा पुगें: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटनगरिएको बताएका छन्।

२०७४ सालको निर्वाचनमा राजनीतिक स्थायित्वको जनादेश पाएको नेपाल कम्युनिष्ट पार्टीले जनभावना विपरित काम गर्न नदिइएकोबताउँदै उनले सरकार संचालन गतिरोध उत्पन्न गराइएको बताए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरेपछि ओलीले सम्बोधन गर्दै सरकारविरुद्धघेराबन्दी गरिएको बताए।   

जननिर्वाचित सरकारलाई असहयोग घेराबन्दी गरियो। जनता समक्ष प्रस्तुत हुने निष्कर्ष सहित संसद विघटन गरियोउनले भने।

पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै ओलीले ती नेताहरुले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने प्रयासगरेको आरोप लगाए। साथै उनले नेताहरुले  पार्टी कार्यालयको दुरुपयोग गर्ने, संसद अधिवेश बोलाउन हस्ताक्षर संकलन गर्ने, महाअभियोग लगाउने काम गरेकोले पनि वर्तमान परिस्थिति सिर्जना भएको बताए।  

अप्रत्याशित आकस्मिक देखिए पनि यसको कारण धेरै अघिदेखि नै हो। केही नेताहरुको जनअपेक्षा विरुद्ध कदमका कारण लामोसमयदेखि नै विवाद थियो।उनले भने, ‘सरकारलाई काम गर्न दिइएन। बार्गेनिङ गर्ने राष्ट्रिय राजनीतिलाई अलझाउने काम भयो। त्यसैलेवैशाखमा नयाँ निर्वाचन गर्ने निर्णय गरियो।

प्रतिपक्षभन्दा सत्तापक्ष कै नेताहरुका कारण अहिलेको परिस्थिति सिर्जना भएको ओलीले संसदलाई केही नेताहरुको स्वार्थ केन्द्र बन्ननदिनेओलीले आफूले संसद विघटन गर्ने निर्णय गरेको बताए।

सरकार गठनको एक वर्ष नबित्तदै देशबाहिर गएर आफ्नै पार्टीको नेताले मुलुक डुब्न लाग्यो भनेर अस्थिरता उब्जाउने काम गरेको भन्दैउनले राज्य संचालनमा बार्गेनिङ खोजिएको बताए।

दुई अध्यक्ष बीच पार्टी सरकार एकएक जनाले संचालन गर्ने सहमति भएको आफूले सरकारको काममा ध्यान दिँदा प्रचण्डले पार्टीसंचालन गर्न नसकेको उनले बताए।

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago