पाल्पाकाे ढुङ्गाखानीमा व्यवसायीक कालिज पालन शुरू, रिसाेट पनि सञ्चालन गर्ने तयारी । भिडियो सहित ।

सन्ताेष गहतराज पाल्पा ।  कालिज भन्ने बित्तिकै जाे काेहिलाई पनि जङ्गलमा पाइने कुखुरा प्रजातिकाे जङ्गली जनावर भनेर चिन्ने गरिन्छ । पछिल्लो समयमा मानिसहरू  ती जङ्गलमा पाइने कालिजलाई व्यवसायीक रूपमा पाल्न थालेका छन

https://youtu.be/WUa-KuqzE1A

साेहि अनुसार पाल्पाको ढुङ्गाखानीमा पनि व्यवसायीक रूपमा कालिज पालन शुरू भएको छ ।  करिब २ कराेड ५० लाखकाे लगानीमा उक्त व्यवसाय सञ्चालन गरिएको सञ्चालक सुरेन्द्र बस्यालले बताउन भयाे । उहाका अनुसार कुल २४ राेपनी क्षेत्रफलमा अहिले करिब ६ राेपनी क्षेत्रफलमा करिब २२ सय कालिज व्यवसायीक रूपमा पालन गरिएको बताउन भयाे । ५ जना सञ्चालकहरू सुरेन्द्र बस्याल र दयाराम पाण्डे तानसेन ७ प्रभास,राम प्रसाद श्रेष्ठ बतासे डाडा,कमल पाण्डे मध्ये विन्दु नगरपालिका १७ नवलपुर र माेतिलाल गाैतम तिलाेत्ताेमा का गरि ५ जना  व्यवसायीहरू सिताेस्न वल्ड लाइफ एण्ड रिसाेट सेन्टर प्रा ली नामबाट उक्त कालिज पालन शुरूवात गरिएको सञ्चालन बस्यालले बताउनु भयाे । व्यवसाय बस्यालका अनुसार कालिज मात्र  पाल्ने उधेश्य नभई समग्र वन्यजन्तु अनुुसन्धान गर्ने उधेश्य रहेकाे र अहिले कालिजबाट शुरूवात गरिएको बताउनु भयाे । उहाले भन्नु भयाे अहिले नेपाल सरकारबाट वन्यजन्तु पालन गर्ने र अनुसन्धान गर्ने कानुनी व्यवस्था रहेकाेले अबका दिनमा हरिण मृग चखेवा मुनाल लगाएतका वन्यजन्तु जन्तुलाई पनि व्यवसायी रूपमा पालना गरिएको उधेश्य रहेकाे बताउनु भयाे । शुरूवातकाे क्रममा २२ सय कालिजका चल्लाबाट शुरू गरिएको व्यवसायमा अहिले दैनिक रूपमा ५ जनालाई राेजगारी दिएको छ । नेपाल सरकारकाे कृषि विभागमा समेत काम गरेको बताउने बस्यालले नेपाल कृषिमा सम्भावना रहेको देश हाे । यहाँ हरेक ठाउमा फरकफरक किसिमकाे पशुपालन तथा खेतीपाती गर्न सकिने र विदेशीयका सयाै युवाहरूलाई व्यवसायी रूपमा गर्ने हाे भने थाेरै क्षेत्रफलबाट पनि धेरै लाभ लिन सकिने भएकाले विदेशमा गर्ने परिश्रम नेपालमा नै गर्न आग्रह  समेत गर्नु भयाे । अहिले कालिज फर्ममा २२ वटा चाइनिज रिगनाेट प्रजातिका कालिज रहेका छन । अउदाे बर्ष सम्म उत्पादन प्रविधिकाे प्रयाेग गरि करिब ४० हजार कालिजका चल्लाहरू उत्पादन गर्ने लक्ष्य  रहेकाे बताउनु भयाे । सञ्चालकहरूका अनुसार रिसाेर्ट सञ्चालन गर्नका लागि तयारी भइरहेको बेला काेराेना भाइरस काेबिड १९ ले गर्दा सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । साथै अब निर्माण कार्य शुरू भएकाे र करिब ३ महिना भित्रमा रिसाेर्ट सञ्चालमा ल्याउने पनि बताउनु भयाे । रिसाेर्टमा स्थानीय लाेकल परिकारहरू पाइने र डाडाबाट हिमाल तथा पहाडकाे अवलाेक गर्न समेत सकने बताउनु भयाे । अब रिसाेर्ट सञ्चालनकाे लागि तयारि भइरहेको पनि बताउनु भयाे ।

https://youtu.be/WUa-KuqzE1A

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago