‘जेल पनि सहुँला’ भन्ने म्यूजिक भिडियोको अपार सफलतापछि कलाकार लक्ष्मी वर्देवा र जीवन भट्टराईले ‘रुँदा रुदै हाँसेको मान्छे’ नामको अर्को भिडियो सार्वजानिक भएको छ ।
रेडियो नेपालद्धारा २०७२ सालमा आयोजित खुल्ला आधुनिक प्रतियोगीतामा दोश्रो भएको उक्त गीतमा गोपालचन्द्र राईको शब्द , बिक्रम राईको संगीतमा, सागर संसार राईले स्वर दिएका छन ।
नाटकबाट अभिनयमा उदाएका जीवन र लक्ष्मीले “रुँदा रुँदै हाँसेको मान्छे म”, बोलको यस भिडियोमा जीवन र लक्ष्मीको प्रेमलाई प्रस्तुत गरिएको छ भने दुइको निक्कै राम्रो अभिनय रहेको छ ।
मर्मस्पर्शि शैलिको यस गीतको भिडियोमा बुद्व थापाको छायांकन , बिष्णु खड्काको सम्पादन तथा कलरिङ र जीवन र लक्ष्मीले नै भिडियोको निर्देशन गरेका हुन ।
लामो समयदेखि कलाक्षेत्रमा आबद्व रहेको जीवन र लक्ष्मी वास्तविक जिवनका समेत रियल जोडि हुन । यी जोडिले बिभिन्न फिल्म नाटक टेलिफिल्म दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन । अभिनयमा निकै रुचाइएका यी जोडि पछिल्लो समय कलाप्रेमि दर्शकमाझ लोकप्रिय बन्दै गइरहेका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…