सन्तोष शाह बने ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ का उपविजेता

लन्डन : नेपाली सेफ सन्तोष शाहबीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०प्रतियोगितामा उपविजेता बनेका छन्।

बीबीसी वनमा बिहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा उनीरनर अपबनेका हुन्

युवा ब्रिटिश सेफ एलेक्स वेबले यो वर्षकोबीबीसी मास्टरसेफ प्रोफेसनल्सको उपाधि जितेका छन्।

आज अत्यन्तै खुसी छु। आफै विजेता भएको जस्तो महसुस गरिरहेको छुसन्तोषले भने।

उनले नेपाली ढाका टोपी लगाएर खाना पकाएका थिए।

१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए।  त्यस पछि सन्२०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन्।

प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स  ऐलापनि सर्भ गरेका थिए

यस अघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकारसो प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए।

बधाई

मास्टर सेफ प्रोफेसनल्स फ़ाइनल्समा पुगेका सन्तोषलाई नेपालका धनाढ्य बिनोद चौधरीदेखि अमेरिकालाई कार्य थलो बनाएका चर्चितफेशन डिजाइनर प्रबल गुरुङले बधाई दिएका छन् बीबीसी न्युज, बीबीसी नेपाली सेवा लगायत नेपालका सबै जसो प्रमुख मिडियालेउनको अन्तर वार्ता छापे। नेपालमा  कपीराइट सम्बन्धी प्रतिबन्धले गर्दा मास्टर सेफ प्रोफेसनल्स कार्यक्रम सोझै टेलिभिजनमा हेर्नपाइदैन, तर हजारौं नेपालीले उनी सहभागी कार्यक्रम यूट्यूब सामाजिक संजालमा हेरीरहेका छन्।

सेफबाट उद्यमी बनेका लन्डनस्थित होलीकाउ समूहका अध्यक्ष कुल आचार्यले  सेफ सन्तोष शाहलाई बधाई दिंदै उनको खानाबाट  नेपाललाई युके संसारभरि चिनाउनुका साथै  नेपालका विभिन्न क्षेत्र समुदायको खाना प्रस्तुत गरेर राष्ट्रिय एकतालाई पनि बलियोबनाएको बताए एक ट्वीट गर्दै आचार्यले सन्तोष शाहलाईमानार्थ कलिनरी एम्ब्यासडरघोषणा गर्न नेपाल सरकार तथा नेपाल पर्यटनबोर्डलाई आग्रह पनि गरेका छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago