सन्तोष शाह बने ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ का उपविजेता

लन्डन : नेपाली सेफ सन्तोष शाहबीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०प्रतियोगितामा उपविजेता बनेका छन्।

बीबीसी वनमा बिहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा उनीरनर अपबनेका हुन्

युवा ब्रिटिश सेफ एलेक्स वेबले यो वर्षकोबीबीसी मास्टरसेफ प्रोफेसनल्सको उपाधि जितेका छन्।

आज अत्यन्तै खुसी छु। आफै विजेता भएको जस्तो महसुस गरिरहेको छुसन्तोषले भने।

उनले नेपाली ढाका टोपी लगाएर खाना पकाएका थिए।

१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए।  त्यस पछि सन्२०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन्।

प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स  ऐलापनि सर्भ गरेका थिए

यस अघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकारसो प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए।

बधाई

मास्टर सेफ प्रोफेसनल्स फ़ाइनल्समा पुगेका सन्तोषलाई नेपालका धनाढ्य बिनोद चौधरीदेखि अमेरिकालाई कार्य थलो बनाएका चर्चितफेशन डिजाइनर प्रबल गुरुङले बधाई दिएका छन् बीबीसी न्युज, बीबीसी नेपाली सेवा लगायत नेपालका सबै जसो प्रमुख मिडियालेउनको अन्तर वार्ता छापे। नेपालमा  कपीराइट सम्बन्धी प्रतिबन्धले गर्दा मास्टर सेफ प्रोफेसनल्स कार्यक्रम सोझै टेलिभिजनमा हेर्नपाइदैन, तर हजारौं नेपालीले उनी सहभागी कार्यक्रम यूट्यूब सामाजिक संजालमा हेरीरहेका छन्।

सेफबाट उद्यमी बनेका लन्डनस्थित होलीकाउ समूहका अध्यक्ष कुल आचार्यले  सेफ सन्तोष शाहलाई बधाई दिंदै उनको खानाबाट  नेपाललाई युके संसारभरि चिनाउनुका साथै  नेपालका विभिन्न क्षेत्र समुदायको खाना प्रस्तुत गरेर राष्ट्रिय एकतालाई पनि बलियोबनाएको बताए एक ट्वीट गर्दै आचार्यले सन्तोष शाहलाईमानार्थ कलिनरी एम्ब्यासडरघोषणा गर्न नेपाल सरकार तथा नेपाल पर्यटनबोर्डलाई आग्रह पनि गरेका छन्

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago