अबरुद्ध सिद्धार्थ राजमार्ग खुलेन, सडकको बेसलाईन नै बगाएकाले सुचारु हुन समय लाग्ने

पाल्पा । पहिरोले अबरुद्ध भएको सिद्धार्थ राजमार्ग खुल्न केहि दिन लाग्ने भएको छ । तानसेन–बुटवल सडकखण्ड अन्तर्गत गौडेपुल नजिकै गएको पहिरो निरन्तर खसेकाले पन्छाउन नसकेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
शुक्रवार रातिदेखी निरन्तर रुपमा खसेको पहिरो स्थलमा अनुगमनका क्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी उपरीक्षक श्री दिपकराज खरेल, सडक डिभिजन कार्यालयका प्रमुख श्री मुकुन्द अधिकारी सहितको टिमबाट स्थलगत अनुगमन भएको थियो । अनुगमनका क्रममा पाल्पा र बुटवल दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भएपनि लगातारको पहिरो र सडकको बेसलाईन नै बगाएकोले सडक सुचारु हुन् समय लाग्ने देखिन्छ । सडक छिटो सुचारु गर्न बुटबलबाट थप डोजर समेत मगाई काममा लगाईने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

राजमार्गको तानसेन बुटवल सडकमा दिनहुँ पहिरो खस्दा जोखिम बढ्दै गएको छ। राजमार्गको गौडेपुल, कालीमाटी, दोभान र सिद्धबाबा क्षेत्रमा दिनहुँ खस्ने पहिरोको कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन। एकहप्ताको अवधिमा पहिरोको कारण तानसेन बुटवल सडकखण्ड ५ दिन सडक अवरुद्ध बन्न पुग्यो।
यस्तै राजमार्गको दोभान प्रहरी चौकी नजिकै खसेको पहिरो पन्छाउन डोजर स्काभेटरलाई ३ दिन लाग्यो, कालीमाटी तथा गौडेपुल क्षेत्रमा खसेको पहिरो पन्छाउन डिभिजन सडक कार्यालयलाई चुनौती बन्दै गएको छ। पहिरो पन्छाएर सडक सूचारु गरेको केही समयमा पुन : पहिरो खस्ने समस्याले सताएको डिभिजन सडक कार्यालय पाल्पा डिभिजन प्रमुख मुकुन्दाज अधिकारीले बताए। बिहीबार गौडेपुल नजिकै खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएपनि रातिदेखि पुन अवरुद्ध भएको सडक शुक्रबार दिउँसो संचालनमा आएको थियो। गएरातिदेखि पुन: पहिरो झर्दा तानसेन बुटवल सडक अबरुद्ध भएको थियो । अबरुद्ध सडक अझैसम्म खुल्न सकेको छैन ।
पहिरोले बुटवलबाट स्याङ्जातर्फ सरसमान बोकेर जाँदै गरेको लु २ ख ११७१ नम्बरको मालवाहक ट्रक पहिरोमा पुरिएको र ट्रकमा कोही पनि नभएकोले मानविय क्षती हुन नपाएको पाल्पा प्रहरीले जनाएको छ ।
चर्को घाम लागेको बेला वा पानी परेको बेला जुनसुकै समयमा निरन्तर रुपमा पहिरो खस्ने गरेकाले यो क्षेत्रमा यात्रा गर्नु निकै जोखिम बढेको छ । अबरुद्ध सडक सुचारु गर्न समय लाग्ने भएपछी प्रशासनले बैकल्पिक बाटो बाट यात्रा गर्न सर्बसाधारण लाई आग्रह गरेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago