पाल्पा । पहिरोले अबरुद्ध भएको सिद्धार्थ राजमार्ग खुल्न केहि दिन लाग्ने भएको छ । तानसेन–बुटवल सडकखण्ड अन्तर्गत गौडेपुल नजिकै गएको पहिरो निरन्तर खसेकाले पन्छाउन नसकेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
राजमार्गको तानसेन बुटवल सडकमा दिनहुँ पहिरो खस्दा जोखिम बढ्दै गएको छ। राजमार्गको गौडेपुल, कालीमाटी, दोभान र सिद्धबाबा क्षेत्रमा दिनहुँ खस्ने पहिरोको कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन। एकहप्ताको अवधिमा पहिरोको कारण तानसेन बुटवल सडकखण्ड ५ दिन सडक अवरुद्ध बन्न पुग्यो।
पहिरोले बुटवलबाट स्याङ्जातर्फ सरसमान बोकेर जाँदै गरेको लु २ ख ११७१ नम्बरको मालवाहक ट्रक पहिरोमा पुरिएको र ट्रकमा कोही पनि नभएकोले मानविय क्षती हुन नपाएको पाल्पा प्रहरीले जनाएको छ ।
चर्को घाम लागेको बेला वा पानी परेको बेला जुनसुकै समयमा निरन्तर रुपमा पहिरो खस्ने गरेकाले यो क्षेत्रमा यात्रा गर्नु निकै जोखिम बढेको छ । अबरुद्ध सडक सुचारु गर्न समय लाग्ने भएपछी प्रशासनले बैकल्पिक बाटो बाट यात्रा गर्न सर्बसाधारण लाई आग्रह गरेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…