कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघ्यो

पाल्पा । कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ६ लाख नाघेको छ । आठ महिनाअघि चीनको वुहानबाट सुरु भएर विश्वका दुई सय तेह्र देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या छ लाख नाघेको वल्डाेमिटरले जनाएको छ । यो समाचार सम्पादन गर्दा सम्म ६ लाख १ सय ३१ जनाको मृत्युु भएको छ । कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डाेमिटरका अनुसार विश्वका एक करोड ४२ लाख १५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा ६ लाखभन्दा धेरैको ज्यान गएको छ । ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
सबैभन्दा प्रभावित तीन देशहरु
अमेरिका :-
कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण हुँदा एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
ब्राजिल :-
दोस्राे नम्बरमा परेकाे ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा ७७ हजार नौ सयभन्दा धेरैको ज्यान गएको छ ।
भारत :-
तेस्राे नम्बरमा छिमेकी देश भारतमा १० लाख ४० हजार नौ सय भन्दा धेरैमा सङ्क्रमण हुँदा २६ हजार दुई सय ९५ जनाको ज्यान गएको छ । भारत कोरोनाकाे कारण धेरैको ज्यान जाने देशको सूचीमा भने आठौँ नम्बरमा रहेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago