भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको जाडो लागिसकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सप्तमीका दिन बिहानउदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो

कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जनामात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउनुहुन्छ प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दैआएकालाई मात्र मङ्सिर गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने वातावरण बनाइने उहाँले जानकारीदिनुभयो

विगत वर्षमा जस्तो व्रतालुलाई राति पोखरी परिसरमा बस्नसमेत नदिइने कमलपोखरी छठ पूजा समाजले जनाएको दशवर्षअघिदेखि कमलपोखरीमा विशेष साजसज्जाका साथ रङ्गीचङ्गी बनाएर छठ पर्व मनाइन्थ्यो यस वर्ष भने सजावट विशेषसमारोहको कुनै तयार भएको छैन कमलपोखरी गुह्येश्वरीको छठ कार्यक्रममा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति समेत जाने परम्पराबनेको थियो

काठमाडौँ महानगरपालिका का अध्यक्ष भरतलाल श्रेष्ठ पनि पर्वको भीडभाडमा दूरी कायम नहुने भएकाले विशेष समारोह नगरिनेबताउनुहुन्छ व्रतालुले घरमै बसेर सूर्यको आराधना गर्न सक्ने भएकाले भीडभाडमा नजान वडा कार्यालयले आह्वान गरेको

पशुपति क्षेत्रको गुह्येश्वरीमा विगत वर्षजस्तो छठ समारोह नहुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्यामखतिवडाले राससलाई जानकारी दिनुभयो राजधानीमा नागपोखरी, गहनापोखरी, वाग्मती, विष्णुमतीलगायत नदी किनारका विभिन्नस्थानमा छठ पूजा गर्न स्थानीय समिति गठन गरेर समारोह गर्ने गरिएको थियो यस वर्ष त्यसो नगरी घरमै बसेर पर्व मनाउन प्रशासनलेआह्वान गरेको

कात्तिक शुक्ल चतुर्थीदेखि छठको विधि शुरु हुन्छ   सूर्यदेवको आराधना, उपासना पूजा गरी सप्तमीसम्म पर्व मनाइन्छ चतुर्थीकादिन  स्नान गरी चोखो खाएर बसिन्छ यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदिनखाने विधि चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ यसदिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ यसलाई खरना भन्ने गरिएको

षष्ठीका दिन ब्रतालुले ठेकुवा, फलफूल, मिठाइ रोटी सूर्य एवम् छठी मातालाई चढाउने गरिन्छ रोटीमा सूर्यको रथका पाङ्ग्राअङ्कित गरिन्छ षष्ठीका दिन पक्वान्न, फलफूल नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ साँझपखबत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ अघ्र्यदिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ

  सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान चारबजेदेखि नै प्रतीक्षा गरिन्छ उदाउँदो सूर्यलाई गाईको दूध, फूल जललेअघ्र्य दिइन्छ यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्यदर्शन गर्ने विधि

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत  गर्छन् विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्वविसं २०४६ पछि काठमाडौँ लगायत पहाडमा मनाउन थालिएको हो विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो रानीपोखरीमा भूकम्पपछिको पुनःनिर्माणका क्रममा पानी नभएपछिविगत पाँच वर्षदेखि छठको कार्यक्रम स्थगित हुँदै आएको थियो यसअघिदेखि नै वाग्मती विष्णुमती नदीकिनारमा छठ मनाउनेसंस्कृति शुरु भएको थिय।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago