बलेवा। प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुग्नुभएकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्मदिनुभएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा आज शरीर जोडिएकाशिशुलाई जन्म दिनुभएको हो ।
प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभएकी उहाँलाई पर्वत अस्पतालपठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उहाँलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको थियो ।“उहाँ सोमबार साँझ अस्पताल आउनुभएको हो”, “अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भन्नुभयो, “आज बिहान शिशु जन्मिएकाहुन् ।” शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उहाँले शिशु जन्माएकीगौतमको भनाइ छ ।
“शरीर जोडिएको शिशु जन्मिए, अवस्था गम्भीर थियो”, “चिकित्सकलाई उल्लेख गर्दै गौतमले भन्नुभयो, “गर्भ जाँच नगराएको जस्तोलाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा शिशु रहेको थाहा हुन्थ्यो ।” शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएकोअस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताउनुभयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…