राँझा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममासाँझ ५:१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहनुभएकोथियो । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उहाँको निधन भएको हो ।
मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एककुशल नेता गुमाएको बताउनुभयो । यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरीजिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृत्यु भएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…