Categories: खेलकुद

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

काठमाडौँ। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको उहाँ तेस्रोपटक बिगबास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती खेल गुमाउनु हुनेछ यसपटक उहाँले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै हुनुहुन्छ

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो उहाँले पछिल्ला दुई याममा २० खेल खेल्दै२६ विकेट लिनुभएको थियो उहाँ आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ होबार्ट यसअघिकादुई खेलमा विजयी भएको थियो

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको राष्ट्रियटोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो हाल उहाँ कोरोनाबाट मुक्त हुनुभएको

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago