काठमाडौँ। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिगबास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो ।
लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती छ खेल गुमाउनु हुनेछ । यसपटक उहाँले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै हुनुहुन्छ ।
लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो । उहाँले पछिल्ला दुई याममा २० खेल खेल्दै२६ विकेट लिनुभएको थियो । उहाँ आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिकादुई खेलमा विजयी भएको थियो ।
हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रियटोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो ।हाल उहाँ कोरोनाबाट मुक्त हुनुभएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…