Categories: समाज

घरमै पहिलोपटक कृषिमन्त्री पुगेपछि किसान दङ्ग

कर्णाली। भेरीगङ्गा नगरपालिका सुर्खेतको गेरुवानी गाउँले सुगम हुँदा पनि दुर्गमको परिचय दिइरहेको बबई नदीको किनारमा अवस्थितउक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौँ समय लगाएर छिन्चु कालीदमार नजिक पुग्नुपर्दछ त्यहाँ पुग्न उनीहरूले एउटापहाड नाघ्नु पर्दछ

आउँदा जाँदा नभेटिने तर कामले जाऊँ भनेर मात्र पुग्न सकिने सल्यान जिल्लाको कालिमाटीसँग जोडिएको गेरुवानी गाउँमा पहिलोपटकसोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी घरमै पुगेपछि त्यहाँका किसान खुशीले दङ्गभएका थिए मन्त्रीसँग उनीहरूले मौलिक भेटघाट गरेर आफ्ना कुरा भरपुररूपमा राखे मन्त्रीसँग किसानले खुलेरै आफ्ना समस्या तथागुनासा राखे खासगरी नजिकको सरकार नगरपालिका वडापालिकाबाट अपेक्षित सहयोग नपाएको उनीहरूको गुनासो थियो

कुखुरापालक किसान लीलाराम ओलीले कोभिड१९ को अवधिमा ठूलो क्षति व्यहोर्नुपरेको पीडा पोख्नुभयो केही गरौँ भनेर सहकारी, सामुदायिक संस्था व्यक्तिबाट ऋण लिएर रु ५० लाखको लागतमा लीला कृषि एन्ड पोल्ट्री फार्म निर्माण गरी चार हजार २०० लेसजातका कुखुरापालन व्यवसाय सञ्चालन गरेँ”, ओलीले भन्नुभयो, “रानीखेत रोग लागेर चैत महिनामै सबै कुखुरा मरे रु ३३ लाखबरारबको क्षति हुँदा पनि कुनै सरकारले राहत सहयोग गरेनन् सगरमाथा बीमा कम्पनीले भने रु सात लाख बीमा रकम भुक्तानी दिएकोथियो उहाँका अनुसार आएको रकम ब्याज तिर्नमै ठिक भएको यसबाट केही गरौँ भन्ने ऊर्जा घटेको निराशा जागेको उहाँलेबताउनुभयो आपत्विपद्मा सरकार साथमा नहुँदा किसानको जीवनमा बज्रपात हुने गरेको ओलीको भनाइ थियो

त्यस्तै किसान बलबहादुर नगालले बर्सेनि बबईमा बाढी आउँदा आफ्ना खेतबारी बगरमा परिणत हुने गरेको दुखेसो पोख्नुभयो नगाललेस्थानीय तथा प्रदेश सरकारलाई तटबन्धका जाली (ग्याबिन) सहयोगका लागि अनुरोध गर्नुभयो त्यस्तै अर्का किसान देउराम ओलीलेखानेपानी, सिँचाइको पनि त्यत्तिकै समस्या रहेको जनाउनुभयो नागरिकका समस्यालाई नजिकबाट नियालेर सरकारले असलअभिभावकको काम गर्नुपर्ने उहाँको जिकिर थियो

कृषिमन्त्री केसीले कोरोनाको समयमा कुखुरा क्षति भएको जानकारी नभएको तत्काल राहत दिन नसके पनि सहयोगको क्षेत्र खोजेरकेही कार्यक्रम दिने विश्वास किसानलाई दिलाउनुभयो गेरुवानीमा बाख्रापालनको बढी सम्भावना ”, मन्त्री केसीले भन्नुभयो, “कृषिसहकारी संस्था गठन गरेर अघि बढ्नुस्, सरकार सहकारीमार्फत सहयोग गर्न तयार

त्यस्तै मन्त्री केसीले गेरुवानीको सरस्वती आधारभूत विद्यालयको समेत अनुगमन गर्नुभएको उक्त विद्यालयमा शैक्षिक, भौतिकअवस्थाको अनुगमन गर्नुभएका मन्त्रीलाई विद्यालयका प्रधानाध्यापक कोचबहादुर खड्काले खानेपानी विद्यालय भवनको टड्कारोआवश्यकता भएको देखाउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago