काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।
मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायलाई फोन गरेर आज २ बजेमन्त्रालयमा वार्तामा आउन आग्रह गरेका थिए ।
गत वर्ष कोठामा वार्ता गरेर सरकारले झुक्याएको भन्दै रायले यसपाली कोठामा वार्ता नगर्ने जानकारी दिए । उनले सचिव मार्फतमन्त्रीलाई वक्यौता रकम बोकेर माइतीघर पठाइदिन आग्रह गरेको जानकारी दिए ।
उखु किसानहरुले आइतबारदेखि माईतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सोमबार दोस्रो दिन पनि जारी छ । आन्दोलनमा सर्मथनजनाउन लोकगायक बद्री पंगेनी र अधिवक्ता ओमप्रकाश अर्याल माइतीघर पुगेका छन् ।
उखु कसान संघर्ष समितिले बक्यौता रकम नपाएसम्म आन्दोलन जारी राख्ने बताएको छ । चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँभुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…