फोटो फाईल
काठमाण्डौ – सन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटकोप्रक्रिया सार्वजनिक गरेको छ ।
जसमा नेपालले विश्वकपमा स्थान बनाउन एसिया छनोट पार गर्नुपर्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको छनोट प्रक्रियाअनुसारनेपालले यूएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छ । छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भए विश्वकपमा स्थान बनाउनेछ।
सन् २०२१ मा हुने छनोट प्रतियोगिताका लागि नेपालले सोझै एसिया छनोटमा स्थान बनाएको छ । नेपालसँगै यूएई र मलेसियाले पनिसोझै एसिया छनोटमा पुगेका छन् । बाँकी दुई टिम रिजनल छनोटबाट आउने छन् । जसमा भुटान, हङकङ, ओमान, कतार, साउदीअरेबिया, सिंगापुर र थाइल्याण्ड खेल्ने भएका छन् ।
रिजनल छनोटबाट शीर्ष दुईमा स्थान बनाउने टिमले एसिया छनोट खेल्नेछन् । जसमा नेपालसहित पाँच टिमको सहभागिता रहनेछ।छनोट प्रतियोगिता कहिले हुन्छ भनेर मिति तोक्न बाँकी छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…