अमेरिकामा सोमबारदेखि खोप अभियान सुरु हुने

अमेरिकामा आउँदो सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुने भएको छ।

नियामक निकाय फुड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडिए) ले आश्मिक प्रयोगका लागि फाइजरबायोएनटेकको खोपलाई स्वीकृतिप्रदान गरेसँगै सोमबारदेखि सर्वसाधारणलाई खोप दिने तयारी भएको हो

खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइने अमेरिकी अधिकारीले बताएका छन् यो हप्ताअन्त खोप पठाएपछि अभियानसुरु गर्ने तयारी भएको खोप वितरणको जिम्मेवारी पाएको नियका प्रमुख सैनिक जनरल गुस्ताभ पेर्नाले बताएका छन्

फाइजरबायोएनटेकको खोपले कोरोना भाइरसको संक्रमणबाट ९५ प्रतिशतसम्म जोगाउन सक्ने देखिएको सो खोपलाई एफडिएलेसुरक्षित तथा प्रभावकारी देखिएको भन्दै स्वीकृति प्रदान गरेको हो

अमेरिकामा शनिबार एकै दिन कोभिड१९ बाट तीन हजार ३०९ जनाको ज्यान गएको थियो विश्वका कुनै पनि देशमा कोभिड१९ काकारण एकै दिन सबैभन्दा धेरैको मृत्यु भएको घटना यहि नै रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको

महामारीबाट विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ६० लाख ३८ हजार भन्दा धेरै पुगेको कोभिड१९ बाट दुई लाख ९७ हजार सात सय अमेरिकीको ज्यान गइसकेको

नोभेम्बर यता अमेरिकामा संक्रमण तथा मृत्यु हुनेको संख्या अति तीव्र गतिमा बढिरहेको

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फाइजरको खोपलाई स्वीकृति प्रदान गर्न एफडिएलाई तीव्र दबाब दिएको थियो

सबैभन्दा पहिले स्वीकृति प्रदान गरेको बेलायतमा खोप अभियान सुरु भइसकेको यस्तै क्यानडा, बहराइन तथा साउदी अरेबियालेपनि फाइजरको खोपलाई स्वीकृति प्रदान गरेका छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago