प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि छलफल सुरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा शुरु भएको पछिल्लो पटक भारतबाट उच्चस्तरीय भ्रमण हुँदै गर्दा ओली पनिपछिल्लो समय दुई देशबीचको समस्या समाधानका लागि भारत भ्रमणमा जान चाहेको उच्च स्रोतले जनाएको यसका लागिभित्रभित्रै छलफल सुरु भएको स्रोतको दावी

फोटो फाईल

नेपालभारतको बीचमा देखिएको सीमा समस्याको बारेमा राजनीतिक रुपमा समाधान गर्ने पहल शुरु भएको लिपुलेक, कालापानी, लिम्पियाधुरालाई लिएर नेपालभारतबीच विवाद रहेको शुरुमा त्यो क्षेत्र समेटेर भारतले नक्सा बनायो भने पछि नेपालले पनिआफ्नो भूभाग भन्दै सो क्षेत्रलाई समेटेर नक्सा सार्वजनिक गर्यो नयाँ नक्सा सार्वजनिक गरेर नेपालले संविधान संशोधन पनि गर्यो  

सोही प्रकरणमा नेपाल भारतबीच दुरी बढेपनि पछिल्लो पटक समस्या समाधानका लागि पहल भइरहेको अवस्थामा प्रधानमन्त्रीकैभारत भ्रमणको चर्चा सुरु भएको हो प्रधानमन्त्री ओली यसअघि दोस्रो पटक प्रधानमन्त्री भएसँगै २०७४ चैतमा भारत भ्रमणमा गएकाथिए  

भारतकोतर्फबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध सुधारको तर्फ गएको विश्वास गरिएको  ‘सीमा विवाद समाधानकालागि दुवै देश गम्भीर भएका छन्, त्यसैका लागि भारतकोतर्फबाट उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्’, स्रोतले भन्यो, ‘सम्बन्धलाई अझैसुधार गर्न प्रधानमन्त्री अ‍ोलीले पनि भारत भ्रमण गर्न चासो देखाएका छन्

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको भ्रमण हुनसक्ने बताइएको मन्त्री ज्ञवालीको भारतभ्रमणमा जाने तयारी भइरहेको नेपालभारतबीच विभिन्न तहमा छलफल भइरहेको त्यो छलफल सकिएपछि मन्त्री ज्ञवालीकोभारत भ्रमण हुने बताइएको

सीमा विवादलगत्तै नेपालले पटक पटक समस्या समाधानका भारतसँग आग्रह गर्यो त्यसका लागि पहल पनि गर्यो तीन पटक पत्र नैपठायो तर भारत सरकारको तर्फबाट कुनै रेसपोन्स नै आएन  

यहीबीचमा भारतीय गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको टेलिफोन संवाद भएपछि छलफलकोप्रक्रिया सुरु भएको थियो  

त्यसको केही महिनापछि भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओलीसहित केही नेतालाई भेटेरफकिए भने भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आएका थिए  

उनी नेपाल आएर राष्ट्रपति विद्या देवी भण्डारी प्रधानमन्त्री ओलीलगायतका व्यक्तित्वसँग भेटेर फर्केपछि भारतीय विदेश सचिवहर्षवर्द्धन श्रृगंला आए उनी पनि प्रधानमन्त्री ओलीसहित केही शीर्ष व्यक्तित्वलाई भेटेर फर्केका थिए  

उनी फर्केर गएरपछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवा  नेपाल आएर सत्तारुढ दल तथा प्रतिपक्षी दलकानेताहरुलाई भेटेर फर्किसकेका छन्  

उनी बिहीवार नेपाल भ्रमणमा आएका थिए भने शनिबार बिहान स्थलमार्थ हुँदै भारत फर्किसकेका हुन्  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणमा नेपाल आएका उनले पहिलो दिन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेटेका थिए  भोलिपल्ट नेकपा स्थायी कमिटी सदस्यएवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका महामन्त्री शंशाककोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेका थिए  

भाजपा नेकपाबीच राजनीतिक सम्बन्ध बढाउने कुराकानी पनि भएको दुई पार्टीबीच सम्बन्ध बढाउनका लागि पार्टीपार्टीकोबीचमा उच्चस्तरीय भ्रमण हुने सहमति पनि भएको  

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago