Categories: समाज

बगनासकाली गाउँपालिका वडा न.३ मा बाख्रा वितरण

सन्ताेष गहतराज पाल्पा।जिल्लाकाे बगनासकाली गाउपालिकाले वडा नम्बर-३ मा बाख्रा वितरण गरेकाे छ । गाउँपालिकाले वडा न ३ भित्रका दलित समुदायका ३३ जनालाई वितरण गरिएकाे हाे । गाउपालिकाले मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएकाे कृषि शाखा प्रमुख राजेश बाेहाेराले बताउनु भयाे । बाख्रा वितरण गर्दै गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल ले प्रदेश सरकारले विपन्न बर्गलाई माथी उठाउने उदेश्य राखी आयमुलक कार्यमा लगानि गरेकाे छ यसकाे फाईदा उपभाेग गर्ने परिवारले लिन सके आर्थिक अवस्था माथि उठ्ने सक्ने बताउनुभयाे ।

याे कार्यक्रमले पक्कै पनि एक फडको मार्ने आशा व्यक्त समेत गर्नुभयो । उपाध्यक्ष सरस्वती चिदी ले विपन्न बर्गलाई सामाजिक ,आर्थिक रूपमा सम्पन्न गराउने उदेश्य ले संचालित याे कार्यक्रम ले विपन्न समुदायकाे अवस्था माथि उठ्ने विश्वास राख्दै आउदा दिनमा बाख्रा पालनकाे उदाहरणीय काम हाेस् शुभकामना दिनुभयाे । कार्यक्रम मा मन्तव्य दिनेहरूमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम कार्यनयन समिति सदस्य ,शान्त न्याैपाने माेहन थापा वडा सदस्य राम प्रसाद श्रेष्ठ ले दलित समुदाय समाजमा अझै पनि पछाडि परेकाेले प्रदेश सरकारले समुदायकाे सामाजिक आर्थिक अवस्था माथि उठाउने साेचका साथ ल्याएकाे कार्यक्रम ले सार्थक ता पाउने विश्वास व्यक्त गर्नु भयाे । कार्यक्रम बगनासकाली गाउँपालिका वडा-३ का अध्यक्ष टीका थापा काे अध्यक्षतामा सम्पन्न भएकाे हाे। पाल्पा बग्नासकाली गाउँपालिकाले याे बर्ष काेराेनाकाे असरलाई मध्ये नजर गरि कृषिलाई प्राथामिकता दिएर बजेट बिनियाेजन गरेकाे छ । साेहि अनुसार गाउँपालिकालाई माैरी गाउँकाे रूपमा चिनाउन माैरी जन्य सामाग्रीहरूकाे वितरणकाे कार्यलाई पनि तिव्रताका साथ अगाडि बढाएकाे छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago