Categories: समाज

बगनासकाली गाउँपालिका वडा न.३ मा बाख्रा वितरण

सन्ताेष गहतराज पाल्पा।जिल्लाकाे बगनासकाली गाउपालिकाले वडा नम्बर-३ मा बाख्रा वितरण गरेकाे छ । गाउँपालिकाले वडा न ३ भित्रका दलित समुदायका ३३ जनालाई वितरण गरिएकाे हाे । गाउपालिकाले मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएकाे कृषि शाखा प्रमुख राजेश बाेहाेराले बताउनु भयाे । बाख्रा वितरण गर्दै गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल ले प्रदेश सरकारले विपन्न बर्गलाई माथी उठाउने उदेश्य राखी आयमुलक कार्यमा लगानि गरेकाे छ यसकाे फाईदा उपभाेग गर्ने परिवारले लिन सके आर्थिक अवस्था माथि उठ्ने सक्ने बताउनुभयाे ।

याे कार्यक्रमले पक्कै पनि एक फडको मार्ने आशा व्यक्त समेत गर्नुभयो । उपाध्यक्ष सरस्वती चिदी ले विपन्न बर्गलाई सामाजिक ,आर्थिक रूपमा सम्पन्न गराउने उदेश्य ले संचालित याे कार्यक्रम ले विपन्न समुदायकाे अवस्था माथि उठ्ने विश्वास राख्दै आउदा दिनमा बाख्रा पालनकाे उदाहरणीय काम हाेस् शुभकामना दिनुभयाे । कार्यक्रम मा मन्तव्य दिनेहरूमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम कार्यनयन समिति सदस्य ,शान्त न्याैपाने माेहन थापा वडा सदस्य राम प्रसाद श्रेष्ठ ले दलित समुदाय समाजमा अझै पनि पछाडि परेकाेले प्रदेश सरकारले समुदायकाे सामाजिक आर्थिक अवस्था माथि उठाउने साेचका साथ ल्याएकाे कार्यक्रम ले सार्थक ता पाउने विश्वास व्यक्त गर्नु भयाे । कार्यक्रम बगनासकाली गाउँपालिका वडा-३ का अध्यक्ष टीका थापा काे अध्यक्षतामा सम्पन्न भएकाे हाे। पाल्पा बग्नासकाली गाउँपालिकाले याे बर्ष काेराेनाकाे असरलाई मध्ये नजर गरि कृषिलाई प्राथामिकता दिएर बजेट बिनियाेजन गरेकाे छ । साेहि अनुसार गाउँपालिकालाई माैरी गाउँकाे रूपमा चिनाउन माैरी जन्य सामाग्रीहरूकाे वितरणकाे कार्यलाई पनि तिव्रताका साथ अगाडि बढाएकाे छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago