काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्यप्रशिक्षकको जिम्मा दिएको छ ।
मुख्य प्रशिक्षक योहान कालीनले राजीनामा दिएपछि महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिइएको संघले जनाएको छ ।नोभेम्बर एकदेखि लागू हुनेगरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर कालीन स्वीडेन फर्किएका एन्फालेजनाएको छ ।
कालीनको राजीनामालाई एन्फाको कार्यसमितिले पारित गरिसकेको छ । सन् २०१९ को मार्च एक तारिखमा कालीनलाई एन्फाले मुख्यप्रशिक्षकका रुपमा नियुक्ति गरिएको थियो । उनले नेपाली फुटबल टिमलाई अन्तिम पटक मार्च २१ मा प्रशिक्षण दिएका थिए । उनकोप्रशिक्षणमा नेपाली टिमले ११ खेल खेल्दा एक खेल जितेको थियो भने दुई खेलमा बराबरी र आठमा हार व्यहोरेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…