तिनाउ वडा न ४ मा कुरिलो खेती सम्बन्धी एक दिन तालिम सम्पन्न ।

सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ४ को थपनडाडामा एक दिने तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले तिनाउको वडा न ४ को थमन गाउँमा कुरिलो खेती सम्भावना रहेको क्षेत्र भएकोले यस क्षेत्रका नागरिकहरूको माग अनुसार कुरिलोको बीउ वितरण तथा एक दिन तालिम गाउँपालिकाले बजेट छुट्याएको बताउनु भयो ।

साथै आगामी दिनहरूमा अन्य कार्यक्रमहरू पनि गाउँपालिकाले यस क्षेत्रका नागरिकहरूलाई मध्ये नजर गरि कार्यक्रम सञ्चालन गर्ने पनि अध्यक्ष घर्ती मगरले बताउनुभयो । कार्यक्रम विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उत्तार आग्रह गर्नु भयो । कार्यक्रममा समाजसेवी एवम बुद्धिजीवी चक्रव्युउ थापा,छैठौं अधिकृत उमादेवी आचार्य ,पत्रकार सन्तोष गहतराज,स्थानीय वडाका जनप्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम स्वागत मन्तव्य हेमन्त कुमार शर्माको , वडा न ४ का वडा अध्यक्ष दान बहादुर गाहाको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमको प्रशिक्षण जिवराज घिमिरे र लुङकला घिमिरेले गर्नु भएको थियो । तालिममा २५ जना सहभागी भएका थिए सहभागीहरूलाई तालिम समापन पश्चात् कुरिलोको बीउ समेत वितरण गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago