तिनाउ वडा न ४ मा कुरिलो खेती सम्बन्धी एक दिन तालिम सम्पन्न ।

२०७७, २६ कार्तिक बुधबार १३:१८

सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ४ को थपनडाडामा एक दिने तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले तिनाउको वडा न ४ को थमन गाउँमा कुरिलो खेती सम्भावना रहेको क्षेत्र भएकोले यस क्षेत्रका नागरिकहरूको माग अनुसार कुरिलोको बीउ वितरण तथा एक दिन तालिम गाउँपालिकाले बजेट छुट्याएको बताउनु भयो ।

साथै आगामी दिनहरूमा अन्य कार्यक्रमहरू पनि गाउँपालिकाले यस क्षेत्रका नागरिकहरूलाई मध्ये नजर गरि कार्यक्रम सञ्चालन गर्ने पनि अध्यक्ष घर्ती मगरले बताउनुभयो । कार्यक्रम विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उत्तार आग्रह गर्नु भयो । कार्यक्रममा समाजसेवी एवम बुद्धिजीवी चक्रव्युउ थापा,छैठौं अधिकृत उमादेवी आचार्य ,पत्रकार सन्तोष गहतराज,स्थानीय वडाका जनप्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम स्वागत मन्तव्य हेमन्त कुमार शर्माको , वडा न ४ का वडा अध्यक्ष दान बहादुर गाहाको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमको प्रशिक्षण जिवराज घिमिरे र लुङकला घिमिरेले गर्नु भएको थियो । तालिममा २५ जना सहभागी भएका थिए सहभागीहरूलाई तालिम समापन पश्चात् कुरिलोको बीउ समेत वितरण गरिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु