‘आफ्नै हौसलाले क्यान्सरलाई जित्न सकिन्छ’

काठमाडौँ, २५ असोज । स्तन क्यान्सर लागेकाले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाउनुभएको छ । नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सर विरुद्ध सचेतना अभियान क्रममा आज यहाँ आयोजना गरेको वेभ कार्यक्रमका सहभागिले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका थिए ।

सांकेतिक तस्बिर

अक्टोबर महिनालाई विश्वभर नै “क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ” भन्ने नाराका साथ स्तन क्यान्सर विरुद्धको अभियान सञ्चालन गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ । स्तन क्यान्सर लागेर निको भएकी पूजा कुँवर शुरु शुरुमा आफूलाई स्तन क्यान्सर भएपछि मरिहालिन्छ कि भन्ने रहेकोमा पछि शल्यक्रिया गरेपछि निको भएको अनुभव सुनाउनुभयो । “यो रोग लागेपछि बाचिन्न कि भन्ने डर लाग्यो । शल्यक्रियापछि आफू भित्रबाट हौसला निकालेर शक्ति पाएँ”, उहाँले भन्नुभयो, “शुरु शुरुमा किमो दियो कपाल झर्ने । अहिले नभएको कपाल पनि राम्रो लाग्छ । कपाल झरेर झन् नयाँ कपाल आयो । कपालदेखि नङ नयाँ आउँदा शरीरले नयाँ जीवन पाएको छ ।” उहाँले सबै महिलालाई स्तन क्यान्सर लागेपछि नआत्तिन समेत आग्रह गर्नुभयो । अर्का स्तन क्यान्सर स्मीता घिमिरे क्यान्सर भएरपछि मरिन्छ कि भनेर नडराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मैले ऊर्जा भएर हाँसेर नै क्यान्सरलाई जितेको छु । बरु अहिले कोभिड–१९ सँग डराएको छु । रोगसँग डराउने होइन । लड्ने हो ।” नेपाल क्यान्सर अस्पतालका स्तन रोग विशेषज्ञ डा प्रफुल्ल शाक्यले नेपालमा स्तन क्यान्सरको राम्रो उपचार भएको जानकारी दिनुभयो । उहाँले स्तन क्यान्सर भएर विरलै महिलाको निधन हुने र ७० प्रतिशत महिलाको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार क्यान्सरले स्तन फाल्नुपरे पनि फेरि बनाउन सकिन्छ । “नेपालमा पनि नयाँ स्तन जीउकै कुनै ठाउँको मासुको माध्यमबाट बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसको लागि ठूलो शल्यक्रिया हुन्छ । अहिले आएर हामी धेरै विज्ञ छौँ । नेपालमा सम्भव छ । कसैलाई इच्छ छ भने हामीले गर्न सक्छौँ ।” उहाँले रेजिना मुल्मीको पहिलो पटक शल्यक्रिया गरेर स्तन बनाएको जानकारी दिनुभयो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्तन रोग विशेषज्ञ डा अरुण शाहीले स्तन क्यान्सरको समयमा नै पहिचान गरेर उपचार गरे निको हुने बताउनुभयो । उहाँले स्तन क्यान्सरको चाँडै उपचार नगर्ने हो भने फोक्सो, हड्डी र घाँटीमा असर पार्ने जानकारी दिनुभयो । त्रिविवि शिक्षण अस्पताल डा सुजिता हिराचनले स्तन क्यान्सर भए पनि महिलाले गर्भधारण गर्न सक्ने बताउनुभयो । “किमो थेपारी दिएको दुई वर्षपछि क्यान्सर निको भएपछि महिलाले गर्भधारण सक्नेछन्” उहाँले भन्नुभयो, “सामान्य तरिकाले महिलाले बच्चा जन्माउन सक्दछन् ।” उहाँका अनुसार नेपालमा २२ जना महिलामा एक जनालाई र पुरुषमा एक प्रतिशत क्यान्सर हुने गरेको छ । स्तन क्यान्सर पुरुष ज्ञानवहादुर लामा किमो थेरापीबाट आफ्नो क्यान्सर निको हुने क्रममा रहेको जानकारी दिनुभयो । सरभाइबर्स सोसाइटीका कोषाध्यक्ष विनु केसीका अनुसार नेपालका ४० वर्ष मुनीको २२ प्रतिशत महिलालाई स्तन क्यान्सर हुने गरेको तथ्याङ्क रहेको छ । विश्वमा ८ प्रतिशत महिलामा स्तन क्यान्सर हुने गरेको छ । ४० देखि ५० वर्ष उमेर समूहका महिला बढी बिरामी रहेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago