जापानमा नेपाली समुदायमा कोरोना संक्रमण बढ्नथाल्यो ।

कविकिरण न्यौपाने , जापान । पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाईसर संक्रमण बढेको छ। यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ  ।

जापानमा रहेका नेपालीहरुको  विभिन्न संघ -संस्थाहरु यस्तो महामारीमा पनि साधारण सभा, अधिवेशन तथा विभिन्न कार्यक्रम गरिरहेका छन्। यस्तो महामारीको बेला सबै नेपालीहरु आफै सचेत हुन जरुरी भएको नेपाल पत्रकार महासघ , जापान साखाका अध्यक्ष मोहन घलेको भनाई छ । साथै अनाआवश्यक काममा हिडडुल नगर्न सबैमा उनको आग्रह छ।

हालै मात्र विदेशमा नेपालीहरुको संस्था एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सामान्य टाउको दुख्नुका साथै शरिरमा केहि अस्वस्थता भएपछि ८ तारिख जापानको खानागावा अस्पतालमा परिक्षणका लागि  पुगेका भण्डारीलाई कोरोना परिक्षण गराउँदा संक्रमण देखिएको हो । चिकित्सकको परामर्श अनुसार खानागावाकै एक होटलको आईसोलेसनमा बसेको उनले बताए । आफ्नो पिसिआर रिपोर्ट पोजिटिभ आएकाले पछिल्ला केहिदिन यता आफ्नो प्रत्यक्ष सम्पर्गमा रहेका सबै व्यक्तिहरुलाई सतर्कता अप्नाएर कोरोना परिक्षण गराउनका लागि उनले अनुरोध  गरेका छन् । सपरिवार जापानमा रहँदै आएका भण्डारीको परिवारका अन्य सदस्यहरुमा  भने संक्रमणको कुनै लक्षण देखिएको छैन । उनि संगै जापान स्थित खानागावा स्थित नेपाली कम्यूनिटीका सचिव समेत रहेका यमकान्त कँडेललाई पनि कोराना संक्रमण भएको भण्डारीले बताए। एनआरएनए जापानका अध्यक्ष रहेका भण्डारी गत साता मात्रै जापानमा नेपालीहरुको धेरै कार्यक्रमहरुमा सहभागी भएको बताइएको छ। त्यसैले धेरै नेपालीहरु लाई कोरोना संक्रमण हुन सक्ने अडकलबाजी गर्न थालिएको छ। 

यसैविच लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष तथा गायक सूर्य खड्कामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनका अनुसार  उनको स्वास्थ्य अबस्था सामान्य रहेको र आफु टोकियो क्योसाई हस्पिटल नाकामेगुरो मा भर्ना गरी चेकजाँच संगै चिकित्सकको निगरानीमा रहेको वताउँदै उनले  हस्पिटलको प्रक्रिया र यहाँको वातावरणमा फोनकलहरु र म्यासेजहरुको रिप्लाई गर्न नसकेकोमा क्षमाप्रार्थी छु भनेका छन्। उनले आफ्नो स्वास्थ्यको चासो राख्ने सबैलाई धन्यवाद दिएका छन्।   

त्यसै नेपालवाट नेपाल एयरलाईन्सको उडानबाट अक्टोवर ९ तारिक जापान आएका चार जना नेपालीलाई पनि कोरोना पुष्टि भएको छ। जस मध्ये एक जनाको टोकियोको एक अस्पतालमा उपचार भईरहेको छ भने ३जना लाई भने टोकियोको एक होटेलमा क्वारेन्टाइनमा राखिएको बताइएको छ। 

यतिवेला टोकियोमा धेरै नेपालीहरुलाई कोरोना संक्रमण भएको हुन सक्ने भन्दै जापानको योकोहामा स्थित वर्डा कार्यालयले दर्जनौं नेपालीहरु लाई उच्च निगरानीमा राखिएको बताइएको छ। योकोहामानै एक नेपाली युवाले नाम नबताउने शर्तमा आफु समेत अन्य नेपालीहरु पनि कोरोना संक्रमित भएको बताए।

जापानमा नेपालीहरुलाई कोरोना संक्रमण बढ्न थालेपछि जापानमा रहेका केही संघ-संस्थाहरुले आफ्ना पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गर्न थालेका छन्। पछिल्लो समय चितवन समाज जापानले वडा दशैंको शुभ कामना आदान-प्रदान तथा सम्मान कार्यक्रम हालै मात्र स्थगित गरेको छ। जापानमा कोरोना भाइसर संक्रमण नेपालीहरूमा  फैलिरहेको ले पूर्व निर्धारित कार्यक्रम स्थगन गर्न परेको समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए। त्यसै आगामी १८ तारिक गर्ने भनिएको गुल्मेली समाज, जापानको चौंथो अधिवेशन पनि स्थागित गरिएको छ। जापानमा अध्ययन , रोजगारी एवं व्यवशाय गर्दै करिव एक लाखको हाराहारीमा नेपालीहरु रहेको बताईन्छ । साथै जापानमा नेपालीहरुको अनगिन्ती संघ-संस्थाहरु रहेका छन्। 

जापानमा नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको प्रति चिन्ता व्यक्त गर्दै जापान स्थित नेपाली राजदुत प्रतिभा राणाले सबै नेपालीलाई नआत्तिन र कोरोना संक्रमण भए नलुकाउन भनेकीछिन् । यस्तो महामारीमा नेपाली समुदायलाई कुनै पनि जमघटको कार्यक्रम नगर्न उनको सुझाव छ। जापानमा स्वास्थ्यका सबै नियमहरु पालना गर्न र कुनै समस्या परेमा राजदुतावासमा सम्पर्क गर्न उनले आग्रह गरेकीछिन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago